बोष्टनको बिशेष साहित्यिक कार्यक्रममा डा . गौतमको “झ्याम्ली बाख्राको पाठो”ऊपर समिक्षा

यम पौडेल ,बोष्टन २०७६ वैशाख २६ गते १६:५४ मा प्रकाशित
यम पौडेल, बोष्टन, अन्तरराष्ट्रीय  नेपाली साहित्य समाज बोष्टन र राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान को सँयुक्त आयोजनामा गत आइतबार मे ५ तारिख स्टोनह्याम सिटि स्थित नमस्ते रेष्टुरेन्टमा निकै राम्रो साहित्यिक कार्यक्रम सम्पन्न भयो त्यहा  साहित्यकार एवँ पुर्व हार्वड युनुभर्सिटिका प्रोफेसर डा. शिव गौतम को वौद्दिक निबन्ध “झ्याम्ली बाख्राको पाठो” ऊपर बिशेष छलफल भयो ।
अनेसास बोष्टनका अध्यक्ष यम पौडेल को सभापतित्व र सचिव मनोज आचार्यले सँचालन गरेको कार्यक्रममा क्यानाडा बाट आऊनुभएका  साहित्यकार डा . गोबिन्द सि राऊतले प्रमुख बक्ता को रुपमा बोल्दै कृति ऊपर बिशेष समिक्षा गरेका थिए । कृति अत्यन्तै बौद्दिक,सरल सहज तार्किक एबँ ऊत्कृष्ट भएको बिचार राख्दै नेपाली भाषा साहित्यमा ठुलो रिक्त स्थान यसले पुरा गर्ने डा. राऊतले बताए ।
न्यु ह्याम्सायरबाट आएका लेखक पेशल पोखरेल ले पुस्तक ऊत्कृष्ट भएर पनि चर्चा कम हुनुको कारण खोज्नुपर्ने बताए । अनेसास का पुर्ब अध्यक्ष हरि काफ्ले “शैव” ले डा . गौतमलाई आफुहरुले कम बुझेको र यस कृति पढेपछि ऊहा भित्र रहेको थप ज्ञानको भण्डार थाहा पाएको बताए । कार्यक्रममा बोल्दै कृतिकार  प्रोफेसर डा. शिव गौतमले आफु हार्बर्ड बिश्बबिद्धालयमा छदा खेलीरहने कुराहरुलाई फ्लोरिडामा गएपछि समेटने काम गरेको , कहिल्यै हुर्कन नसकेका चकचकलाई ऊतारेको र आफ्नो परिचयलाई बाल्यकाल सग जोडन खोजेको कुरा बताए ।

सबै बक्ता बाट पुस्तकको प्रसँसा भएपछि सहभागीबाट पुस्तक पढन पाऊनुपर्ने कुरा ऊठ्यो, सोहिबेला कृतिकार डा गौतमले आफ्नी धर्मपत्नी , अनेसास बोष्टनकी पुर्ब अध्यक्ष एवँ साहित्यकार भारती गौतम सगै सँयुक्त हातबाट  आफुले ल्याएका चार थान “झ्याम्ली बाख्राको पाठो “ पुस्तक अनेसास बोष्टनका अध्यक्ष यम पौडेललाई ऊपहार स्वरुप प्रदान गरे । यि पुस्तक पालैपालो पढन चाहनेलाई निशुल्क पढन दिने पौडेलले बताए ।

सो अवशरमा अनेसास बोष्टनकी अर्की पुर्व अध्यक्ष डा ऊषा शर्माले धेरै समय आफुहरु सगै बोष्टनमा रहेर टाढा जानुभएको डा गौतमले ठोस कोसेलीको रुपमा पुस्तक लियर आएकोमा खुसी ब्यक्त गरिन । त्यसपछि रचना बाचन चलेको थियो । कबि दिपा राई ले “बाटो र बाटैबाटो” शिर्षकको कबिता सुनाईन भने अनेसास बोष्टनका सह सचिव अबि गजुरेलले “फुलै फुलको बहार तिमिलाई” गजल सुनाएका थिए । त्यसैगरी कार्यक्रम सँचालक अनेसास बोष्टनका सचिव मनोज आचार्यले आफ्नो रचना एवँ कथा वाचन सुनाएका थिए । कार्यक्रमका सभापति पौडेलले आफ्ना  रचना “ सङ्कोचित मित्रहरुप्रति..” र “सार्थक जिबन” शिर्षकमा दुइ कबिता सुनाएका थिए ।अन्तमा अनेसास बोष्टनका ऊपाध्यक्ष एवँ राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका सँस्थापक शुसिल नेपालले ऊपस्थित सबैलाई धन्यबाद दिदै आफ्नो रचना बाचन गरेपछि कार्यक्रम सकिएको थियो । कार्यक्रम पश्चात आयोजकबाट ब्यबस्था गरिएको लन्च लिदै बोष्टन आएका गौतम परिवारसग बोष्टनबासीको लामै भलाकुसारी चलेको थियो ।

कार्यक्रममा अनेसास केन्द्रका पुर्व महासचिव गोबर्द्धन पुजा र सदस्य महेश्वर पन्त, अनेसास बोष्टनका पुर्व अध्यक्ष अच्युत अधिकारी, जिबिएनसी का पुर्व अध्यक्ष राम थापा, लगायत बोष्टन भित्र र बाहिरबाट आएका खास खास ब्यक्ति ब्यक्तित्वहरु कुसुम राऊत, शेरल पोखरेल, मदन कार्की, कोमल पोखरेल लगायत अनेसास बोष्टका पदाधिकारी एवँ  साहित्यप्रेमी महानुभावहरुको ऊपस्थिति रहेको थियो ।

स्मरण रहोस,२०३० को दशक देखि कथा, कबिता, निबन्ध लेखनमा सक्रिय  त्रि वि, नेपालमा ५ बर्ष, अमेरिकाको बिश्वप्रसिद्द हार्वड युनिभर्सिटिमा १३ बर्ष र हाल फ्लोरिडा युनुभर्सिटिमा प्राध्यापन सेवा गरिरहनुभएका प्राध्यापक डा. शिव गौतम का सपनाका रङहरु २०५६, मुटुनेरीको सिस्नेरी २०६०, बाटो हेरिरहने बाटाहरु २०७४ र झ्याम्ली बाख्राको पाठो २०७४ गरि चार कृति प्रकाशित भइसकेका छन । शब्दार्थ प्रकाशन नेपाल  प्रकाशक रहेको यो पछिल्लो निकै बौद्दिक निबन्ध सँग्रह हो ।यस पुस्तक भित्र पाल्सी कुरा, आगोको खोजी, ऊत्तानो ओदान, अजर अमर अ र म बिचको अक्षर, ऊद्धरण र ऊदाहरणको जादूयी शक्ति, आठ दुना सत्र भएपछि,आटसऊटुस, रुमालमाथी बसेर अरुण नदी तर्ने कला, झ्याम्ली बाख्राको पाठो, …… लगायत २२ बटा रोचक बिषयबस्तुमा एक से एक मार्मिक निबन्धहरु लिपिबद्द छन ।

प्रतिक्रिया