एनआरएनकाे दाेहाेराे मापदण्ड :तारा भट्टराई

इनेप्लिज २०७६ वैशाख १४ गते १:४५ मा प्रकाशित

अहिलेकाे लाेकतान्त्रिक विश्वमा कुनै पनि कुराकाे मापदण्ड हुदैन। सबैकाे एउटै मापदण्ड हुन्छ। विधिकाे शासन हुन्छ र पारदर्शी हुन्छ। एउटै मापदण्डकाे कुरा सरकारमा वा शासनमा मात्र हाेईन ,संघ सँस्था सन्चालनमा पनि हुन्छ। सामान्यतया वर्तमान विश्वका सभ्य मुलुकहरुमा यस्तै हुन्छ। तर अविकसित र असभ्य मुलुकमा चाहिं यस्ताे नहुन पनि सक्दाे रहेछ। यस्काे उदाहरण हाे ,गैर आवासीय नेपाली संघ (एनआरएन)।

भर्खरै लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाे नेपालमा धमाधम विधि विधान तयार हुँदैछन्। यही प्रसंगमा बनेकाे एउटा बिधेयकमा गैर आवासीय नेपालीले दाेहाेराे नागरिकता लिन पाउने व्यवस्था गरिएकाे छ।

हरेक देशमा घर नम्बर हुन्छ , घरमा बस्ने ब्यक्तिहरुकाे छुट्टा छुट्टै परिचयपत्र हुन्छन्। समाजलाई व्यवस्थित बनाउन त्यसाे गरिएकाे हुन्छ। एउटा देशकाे नागरिकले दुईटा ,तीनवटा नागरिकता वा राहदानी लिन पाउँदैनन्।

नागरिकता वा परिचय पत्र लिन पाउने कुरै भएन। तर अहिले एनआरएनले त्यसरी दाेहाेराे नागरिकता लिन पाउने भएका छन्। देश छाेडेर विदेशमा स्थायी बसाेबासकाे पहिचान लिएर बसेका नेपालीले नेपालकाे नागरिकता परित्याग गर्नु नपर्ने ब्यवस्था भएकाे यस्ताे ब्यवस्थाले एउटा देशमा अपराध गरेर अर्काे देशमा आश्रय लिने सुविधा प्रदान गर्दछ। जस्ताे कि मुम्बईकाे ताज हाेटेल आक्रमणकाे नाईके डेभिड हेड्ली पाकिस्तानी नागरिक थिए। ताजहाेटेल आक्रमण लगत्तै उनी पाकिस्तान फर्किए।

भारतले ताजमहल आक्रमणकाे नाईके भनेर हेड्लीलाई चिन्दा उनी पाकिस्तानबाट अमेरिका पुगिसकेका थिए। भारतले अमेरिकासँग हेड्लीलाई सुपुर्दगी गर्न माग गर्याे तर अमेरिकाले मानेन। ताजहाेटेल आक्रमणकाे आराेप लागेकाे पाकिस्तानसँग हेडली थिएनन् । हेड्लीले पाकिस्तानकाे पनि नागरिकता लिएकाे थियाे। तर पाकिस्तान छाेडेर अमेरिका पुगेपछि अमेरिकाले उनलाई आफ्नै कानुन अनुसार आफै कार्वाही गर्ने अडान लियाे, सुपुर्दगी गरेन।

अहिलेकाे नेपालकाे एनआरएन सम्बन्धी कानुनले यस्तै अवस्थालाई निम्त्याउछ। विश्वका अस्सी भन्दा बढी मुलुकमा एनआरएन गठन भएकाे छ। नेपाली पुगेकाे मुलुककाे सँख्या झन् धेरै छ। लगभग तीन कराेड जनसँख्या रहेकाे नेपालका एक-तिहाई नागरिक अर्थात झण्डै एक कराेड व्यक्ति विदेशमा रहेका छन्।

बैद्शिक राेजगारीकालागी बिदेशिनेकाे सँख्या सबैभन्दा धेरै छ त्यसपछि अध्ययनका क्रममा विदेशीनेकाे सँख्या रहेकाे छ। त्यसबाहेक अवैधानिक रुपमा विदेशिनेहरुकाे सँख्या तेस्राे स्थानमा रहेकाे छ।

त्यसबाहेक अवैधानिक रुपमा विदेशिनेहरुकाे सँख्या तेस्राे स्थानमा रहेकाे छ।

अध्ययनका लागी बिदेशिने बिद्यार्थीहरुमा अधिकांश सरकारी कर्मचारिका छाेराछाेरी छन्। त्यसबाहेक अवैधानिक रुपमा विदेशिनेहरुकाे सँख्या तेस्राे स्थानमा रहेकाे छ। अध्ययनका लागी बिदेशिने बिद्यार्थीहरुमा अधिकांश सरकारी कर्मचारिका छाेराछाेरी छन्।

उनीहरुलाई न विदेशमा पढन राख्दा नेपालमा कर्मचारीले घुस खाएकाे रक़म हुन्डी गरेर छाेराछाेरी समक्ष पुर्याउँछन् । र ती मध्ये अधिकांशले पीआर लिएर बस्छन् ,सम्पत्ति जाेडछन् र केहीले त्यही घुसकाे रकमलाई कानूनी कानुनि बनाएर नेपाल फर्काउछन्। कानूनी वा गैर कानूनी (लिगल वा ईलिगल) रुपमा विदेश छिरेर काम गरेका व्यक्तिहरु पैसाका लागि जस्ताेसुकै काम गर्न पनि पछि पर्दैनन्। यी र यस्तै ब्यक्तिलाई एनआरएनकाे आवश्यकता परेकाे छ। उनीहरुलाई एनआरएनकाे छाता आवश्यक पर्दछ। तर यस्ता मात्र व्यक्ति विदेशमा छैनन्। विदेशमा नेपालीहरु पनि बैज्ञानिक,प्रोफेसर ,डाक्टर र ईन्जिनियर पनि छन्।

तर उनीहरुमध्ये अधिकांश एनआरएनमा आबद्ध छैनन् । जस्ले वदमासी गरेकाे छ जस्लाई एनआरएनकाे छाता ओढ्नुपरेकाे छ ट्याक्सी ड्राईभर, सेभेनईलेभेनका कामदार, पेट्रोल पम्पका मज्दुर, रेष्टुराका हेल्पर, चाैकिदार र मजदुरहरुलाई एनआरएनकाे सदस्यता बाढेर एनआरएनकाे नेतृत्वमा पुग्ने पर्ने वाध्यता छ।

यस्ता ब्यक्तिहरुमा अमेरिकामा मात्रै पाँच लाख भन्दा बढी नेपाली बसाेबास गर्छन्। जाे अवैध रुपमा बसाेबास गर्छन् र अवैध काराेबारमा संलग्न छन् । उनीहरुलाई नै एनआरएनकाे नेतृत्वमा पुग्नुपर्ने बाध्यता छ।

जाे अवैध रुपमा बसाेबास गर्छन् र अवैध काराेबारमा संलग्न छन् । उनीहरुलाई नै एनआरएनकाे नेतृत्वमा पुग्नुपर्ने बाध्यता छ।

त्यसैले उनीहरु नै अन्धाधुन्ध सदस्यता वितरण गर्छन्। तर त्याे सदस्यता लिन अलिक राम्रा र लब्ध प्रतिष्ठित मानिसहरु लालची बनेकाे पाईदैन।

याे अमेरिकाकाे कुराे मात्र हाेईन यूराेप र क्यानाडामा पनि यस्तै छ। खाड़ी मुलुकमा बौद्धिक बर्गका नेपालीकाे प्रवेश प्राय शून्य नै छ। अष्ट्रेलिया र पाकिस्तानमा अध्ययनका लागी पुगेका ब्यक्तिलाई पनि एनआरएनकाे सदस्य बनाएर मतदान गर्न लगाईएकाे छ। भारत बाहेक विश्वमा जहॉ पुगेका व्यक्तिलाईपनि एनआरएनकाे सदस्यता दिईएकाे छ।

विदेश पुगेका प्राय: टाठाबाठा र छट्टु नै हुन्छन्। उनीहरुलाई जे गरेर पनि फाईदा चाहिएकाे छ। फाईदाका लागी उनीहरु वैध या अवैध सबै काम गर्छन्। भर्खरै मात्र शसस्त्र द्वन्दवाट उम्किएकाे नेपालबाट विदेसिने नेपाली मध्ये कैयाैं ब्यक्ति त विद्राेही छापामार पनि हुँदा हुन्। ती व्यक्तिका लागि छिटफुट घट्ना सामान्य नै हाेलान । तर प्रश्न उठ्छ यी सबै व्यक्ति एनआरएनकाे सदस्यका लागी याेग्य हुन् कि हाेईनन् ?

एनआरएनकाे सदस्यका लागि कस्ता मानिस याेग्य हुन्छन् ? एनआरएनकाे दाेहाेराे नागरिकताले कस्ताे समस्या निम्त्याउछ ?

एनआरएनकाे दाेहाेराे नागरिकताले कस्ताे समस्या निम्त्याउछ ?

यी यस्ता प्रश्नहरु ,जस्का बारेमा कुनै बिचार बिमर्श भएकै छैनन्। अहिले कसैका लागी रक्षा कवच बन्ला तर कालान्तरमा निक्कै ठूलाे समस्या बन्ने छ। अहिलेकाे खेलाची पछि राष्ट्रका लागि अभिशाप नबनाेस।

एनआरएन गठन भएका मुलुकमा नेतृत्वका लागी तिव्र प्रतिष्पर्धा देखिन्छ। आफु नेतृत्वमा आउन जस्तो सुकै व्यक्तिलाई पनि सदस्यता बाडिएको छ ।

आफु नेतृत्वमा आउन जस्तो सुकै व्यक्तिलाई पनि सदस्यता बाडिएको छ ।

युएईमा एनआरएनकाे नेतृत्वमा भएका व्यक्ति ठगिमा पक्राउ परेकाे समाचार आउँछ , त्याे सेलाउन नपाउँदै मलेसियामा एनआरएनकाे नेतृत्वमा रहेकाे ब्यक्ति पक्राउ परेकाे खबर आउँछ।

पाेर्चुगलमा त्यस्तै छ भने बेल्जियममा नेपाली दुतावासका कर्मचारिसँगै मिलेर सेटिंगमा ठगि हुने गरेका छन्। एउटा देशमा बसेर ठगि गरेकाे ब्यक्ति अर्काे देशमा पुगेर एनआरएनकाे छाता ओडेको छ। तर जाे विदेशमा बसेर पनि बौद्धिक कर्म गर्छन र आफ्नाे पेशा ब्यवसाय गरेर बसेका छन् ।

ती व्यक्ति एनआरएनकाे असली हकदार हुन तर दुर्भाग्य भनाैं वा अभिशाप भनाैं । त्यस्ता ब्यक्ति एनआरएनमा समेटिएका नै छैनन्। समेटिनै चाहदैनन्। एनआरएन हात्तिकाे देखाउने दाह्रा मात्र हाे।

एनआरएन हात्तिकाे देखाउने दाह्रा मात्र हाे।

नेपाल सरकारले एनआरएनलाई दाहाेराे नागरिकता दिने निर्णय गरेकाे छ त्याे आफैमा दुर्भाग्यपूर्ण छ। विदेशमा वैध वैध वा अवैध रुपमा काम गरेर पैसा जम्मा गर्न जाने वा पढन जाने नाममा बाबूआमाले भ्रष्टाचार गरेकाे कालाे धन युद्दकालिन अपराधमा लुटिएकाे वा स्राेत नखुलेकाे कालाे धन सेताे बनाउने जस्ता आपराधिक कर्ममा एनआरएनकाे नेतृत्वका लागि दाैडने अनुहार सजिलै देख्न पाईन्छ।

नेपालले कि बसेकाे देशले ? यस्ताे व्यक्ति एउटा देशमा अपराध गर्छ र अर्काे देशमा आश्रय लिन पुग्छ। एनआरएनमा रहेका ब्यक्तिहरु यही सुविधा चाहन्छन् तर विश्व ब्यवस्था के चाहान्छ ?

नेपालकाे राजनीतिक नेतृत्व पनि उनिहरुकाे दाेहाेराे नागरिकता चाहन्छ, किनकि त्यसमा उनीहरुकाे पनि स्वार्थ जाेडिएकाे छ। आन्तरिक द्वन्दबाट उम्किएकाे नेपाल जस्ताे मुलुकमा हतियारका भरमा जम्मा भएकाे कालाे धन सत्ताधारी वा बिद्राेहि दुबै पक्षसँग रहेकाे हुन्छ। त्यसलाई हुन्डी गरेर बिदेश पठाउने र एनआरएनकाे कमाईकाे नाममा नेपाल भित्र्याउने प्रक्रिया अहिले पनि जाेडताेडले चलिरहेकाे छ।

केहि भुईफुट्टा नेपालमा रातारात नव धनाड्य बन्नुकाे पछाडीकाे कारण यही हाे। एनआरएन प्रतिकाे दाेहाेराे मापदण्डले यस्लाई झन बढवा दिएकाे छ।

प्रतिक्रिया