पार्टी एकीकरण टुङ्ग्याउन शीर्ष नेताबीच बालुवाटारमा छलफल

इनेप्लिज २०७६ वैशाख ८ गते ८:४० मा प्रकाशित

काठमाडौ वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सम्पूर्ण एकता प्रक्रिया टुङ्गो लगाउन नेताहरु आज विहानैदेखि छलफलमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी दिवस स्थापना दिवसको उपलक्ष्यमा वैशाख ९ गते पार्टीको तल्लो तहसम्मको एकता घोषणा गर्ने लक्ष्य सहित छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलको बीचमा छलफल थियो ।
स्थानीय तह, जिल्ला, प्रदेश र जनवर्गीय संगठनहरुको एकताको बारेमा छलफल भएको बुझिएको छ । साँझ पुनः बैठक बसेर टुगों लगाउने बताइएको छ ।

आज साँझ पाँच वजे दुईजना अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डा’ बीच छलफल भएपछि छ वजे सचिवालयको बैठकले एकताका बाँकी काम टुगों लगाउने पार्टीको तयारी रहेको छ ।

प्रतिक्रिया