भैरहवाका पाण्डे दम्पत्तिले आश्रमका लागि दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान

इनेप्लिज २०७५ चैत ३० गते २०:०८ मा प्रकाशित

पुर्खौली घर पर्वत भै हाल भैरहवामा बस्दै आएका पाण्डे थरका बृद्ध दम्पत्तिले आश्रमका लागि दुई करोड रुपैयाँ बराबरको सम्पत्ति दान गरेका छन । नयाँ बर्ष २०७६ को संघारमा पाण्डे दम्पत्तिले उक्त रकम दान गरेका हुन् ।

चितवन जिल्ला स्थित पवित्र तीर्थस्थल देवघाटधामको लागि महेश सन्याश आश्रमलाई दान गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ मा बस्दै आएका चित्रराज पाण्डे तथा जीवनकुमारी पाण्डेले आफ्नो एक रोपनी जग्गा सहित त्यहाँ निर्माण गरिएको सन्तोषेश्वर शिव मन्दिर र दुई तले पक्की घर आश्रमलाई दान गरेका हुन् ।

८९ बर्षिय चित्रराज पाण्डे तथा ८० बर्षिय जीवनकुमारी पाण्डेले दम्पति जीवित रहुन्जेल सोही घरमा बस्ने तथा उनीहरुको मृत्युपछि सबै सम्पत्ति आश्रमको नाममा हुने गरी कागज बनाएको पाण्डेले बताएका छन् । दम्पत्तिसंग रहेको चितवनको मात्र जग्गा तथा मन्दिर दान गरेका हुन् भने काठमाडौँ तथा भैरहवाको घर भने दान गरेका छैनन् ।

पर्वत पहाड घर भएता पानि काठमाडौँ किलागल तथा सीतापाइलामा पनि घर भएका बृद्ध दम्पत्तिले स्वर्गीय छोरा बुहारीको सम्झनामा निर्माण गरिएको मन्दिर र घर जिल्ला प्रशासन कार्यालय तनहूँमा कागज गरेर आश्रमलाई प्रदान गरेको चित्रराज पाण्डेले बताएका छन् ।

आश्रमले महेश संस्कृत गुरुकूल सञ्चालन गरेर निशुल्क रुपमा संस्कृत शिक्षा पढाउँदै आएकाले आफ्नो सबै सम्पत्ति आश्रमलाई दान गरेको पाण्डेले बताए ।

पाण्डे दम्पतिले आश्रम तथा गुरुकूलको रजत महोत्सव समापनको अवसर पारेर आज सो सम्पत्ति दान गरेका हुन् । महेश संस्कृत गुरुकूलमा निशुल्क आवासीय सुविधा सहित कक्षा ६ देखि आचार्य (स्नातकोत्तर)सम्म संस्कृत शिक्षा पढाई हुने गरेको छ । उज्यालो खबर ७ डटकमले प्रथम समाचार लेखेको हो ।

प्रतिक्रिया