हावाहुरीले रौतहटमा ठूलो क्षति

इनेप्लिज २०७५ चैत २६ गते २१:४७ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

मंगलवार बिहान आएको हावाहुरीले रौतहटमा ठूलो क्षति पु¥याएको छ । मंगलवार बिहान करिब नौ बजे आएको हावाहुरीले देवाही गोनाही नगरपालिका ३ की ६० वर्षीया महिला रामसखी देवी चमइनको मृत्यु भएको परिवारजनले बताएको । फुसको घरको छाना हावाहुरीले उडाउँदा चोट लागेर महिलाको मृत्यु भएको परिवारजनले जनाए पनि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि भूपेन्द्र खत्रीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यसै गरी वृन्दावन नपाको रमौलीमा घरकै छाना उडाएर एकजना ६३ वर्षका तिलक सहनी घाइते भएका छन् । सहनीको उपचार गरुडामा भइरहेको छ ।

हावाहुरीले गहुँलाई ठूलो क्षति पु¥याएको छ । खेतमा पाकिसकेको गहुँलाई हावाहुरीले खेतमै सुताइदिएको छ भने असिना र पानीले थप नोक्सानी पु¥याएको छ । असिनाले वृन्दावन नगरपालिकाको विश्रामपुरमा ठूलो क्षति पु¥याएको छ । धेरैको घरको खपडा र टायललाई असिनाले फुटाएको र मकै, गहुँ र मसुरो बालीमा

अकल्पनीय क्षति पु¥याएको स्थानीय शिक्षक रामाधार पासवानले बताएका छन् ।
गत वर्षको तुलनामा गहुँबाली राम्रो रहेकोले कम्तीमा दश प्रतिशतले उब्जनी बढ्ने पूर्वानुमान रहेकोमा केही दिनदेखि परेको पानीले गहुँ र मसुरो बालीमा निकै क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका अधिकृत विप्लवकुमार गुप्ताले बताएका छन् । जिल्लाको कृषिमा हावाहुरी, असिना र पानीले ठूलो क्षति पु¥याएको भए पनि तथ्यांक आइनसकेको अधिकृत गुप्ताको भनाइ छ ।

हावाहुरी, असिना र पानीले मानिसको घर, मसुरो, गहुँ, मकै बालीका साथै खेतमा भर्खर रोपेको उँखु, आँप र लिचीलगायतको फलफूलमा पनि ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्रको दाबी छी । दश दिनपहिले हावाहुरीले बारामा जनधनको ठूलो क्षति पु¥याउँदा रौतहटमा भने खासै असर पु¥याएको थिएन तर मंगलवारको हावाहुरी, असिना र पानीले निकै नोक्सान पु¥याएको छ ।

प्रतिक्रिया