बोस्टनमा लायन्स क्लबको चार्टर नाइट सम्पन्न

इनेप्लिज २०७५ चैत २६ गते २:५७ मा प्रकाशित

समाचारदाता

सन् २०१० मा बोस्टनमा नेपालीहरूको संग्लग्नतामा स्थापित हिमालयन लायन्स क्लबले आफ्नो स्थापनाको नवौ वार्षिकोत्सव मनाएको छ | झन्डै पचासको संख्यामा रहेका सदस्य र तिनका परिवार सदस्य अनि आमन्त्रित गरि एकसय भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबका गतिबिधि प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमितिको घोषणा गरिएको थियो |

लायन्स क्लब इन्टर नेसनल ३३ के म्यासाचुसेट्सका जोन चेयर केन चियाको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा चाइना टाउन लायन्स क्लबका फेनी चान् , बोनी कोकसहित क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्त , एसियन अमेरिकन कमिसनका कमिस्नर प्रल्हाद केसी, एनआरएन एनसिसि युएसएका बोर्डअफ डाइरेक्टर तृष्णा शर्मा , एनआरएन म्यासाचुसेट्सका च्याप्टरका अध्यक्ष बिष्णु कार्की , पशुपति-बुद्द फाउन्डेसनका चियर-पर्सन मिलन गुरुङ, एनडब्लुजीएनका अध्यक्ष शान्ति जोशीलगायतका आमन्त्रितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए |

क्लवका अध्यक्ष राम थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिब थानीरत्न कंडेलले प्रतिबेदन प्रस्तुत गरेका थिए भने क्लबका दितीय उपाध्यक्ष गोवर्धन पूजाले क्लबको गतिबिधि सहित पाहुनाको स्वागत गरेका थिए | क्लबका नवनिर्वाचित अध्यक्ष पेशल रेग्मीले आफ्नो कार्यकालमा पुराना राम्रा कार्यलाई निरन्तरता र नयाँ राम्रो कार्यको थालनी गर्ने प्रतिवद्दता व्यक्त गरे |

क्लबले बार्षिक रुपमा नेपालको एउटा बिद्धालयलाई छनोट गरि १५ सय अमेरिकी डलर सहयोग गर्दै आएको छ भने रक्त दान , आखा स्वस्थ सिविर , तिज कार्यक्रमलगायतका कार्य गर्दै आएको छ |

क्लबका भूतपूर्व अध्यक्ष बिष्णु कार्कीको संयोजनमा गठित निर्वाचन समितिले घोषणा गरेको नव निवार्चित कार्यसमितिमा अध्यक्ष पेशल रेग्मी , प्रथम उपाध्यक्ष गोवर्धन पूजा , दितीय उपाध्यक्ष सुशील नेपाल , सचिव तथा कोषध्यक्ष थानीरत्न कंडेल , मेम्बर सेक्रटरी बिनोद उप्रेती रहेका छन् भने बिभिन्न उपसमितिहरूमा महेश्वर पन्त, बिनोद सुवेदी, राम धिताल, चन्द्रबहादुर मल्ल , अन्जु थापा , मान्ती शाह , दीपक पुरी , आशु राजभण्डारी छनोट भएका छन् |

नयाँ कार्यसमितिले आगामी जुलाईबाट कार्यभार ग्रहण गर्ने छ |

( तस्वीर सौजन्य : बिमल नेपाल )

प्रतिक्रिया