एनआरएनए द्वारा बारा पर्सामा राहत बितरण

इनेप्लिज २०७५ चैत २२ गते १०:३८ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा बारा पर्सामा राहत बितरण गरेको छ । गत हप्ता आएको हावा हुरि तथा चक्रपातले क्षतिग्रस्त बारा जिल्लाका तेलगाई हर्दिया लगायतका चार गाबिसका पिडितहरुलाई एनआरएनएले सहयोग गरेको छ ।

पिडित परिवारहरुलाई केन्द्रीय सदस्य डिल्ली भट्टराईको समन्वय र केन्द्रीय उपाध्यक्ष कुमार पन्तको नेतृत्व ,केन्द्रीय प्रवक्ता भूषण घिमिरे, पूर्व उपाध्यक्ष रामेश्वर शाह, पूर्व महासचिव रतन झा, पूर्व आरसी शोनाम लामा, रन्जित महतो लगायतका वरिष्ठ अभियन्ताहरुको सहभागितामा करिब ५ सय परिवारलाई, प्रदेश मुख्य मन्त्री , स्थानीय प्रशाशन, जन प्रतिनिधिको सिफारिसमा र रोहवरमा राहत सामाग्री बितरण गरिएको छ ।

प्रतिक्रिया