प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

इनेप्लिज २०७५ चैत २२ गते १०:१० मा प्रकाशित

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको विमोचन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तक विमोचन गरेका हुन् । आफै अफ्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । वहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, ओलीले भने, ‘अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नु पर्दछ ।

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भएपनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए । ।

प्रतिक्रिया