त्रिवेणी साकोसद्वारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ चैत २१ गते ११:२९ मा प्रकाशित

मुना न्यौपाने

काठमाडौँ, चैत्र २० । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ मा रहेको त्रिवेणी साकोसले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले ६२औँ सहकारी दिवसको अवसरमा वातवारण संरक्षण तथा सम्वद्र्धन गर्ने हेतूका साथ दुई दिने कार्यक्रम सम्पन्न गरेको हो ।
त्रिवेणी साकोसले गत (चैत्र १९) पहिलो दिन वृक्षारोपण गरे भने दोस्रो दिन(आज) भद्रवास त्रिवेणीचोकदेखि वडा कार्यालय भवनसम्मको बाटो, ढल सरसफाई गर्नुका साथै स्थानीयबासीहरूलाई वातवारणसम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यमा समेत जुटेको छ ।

सो कार्यक्रममा थप उत्साह प्रदान गर्न गरी अभिभावकत्वको भूमिका निर्वाह गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राममणि पुडासैनी कार्यक्रममा सहभागि हुनु भएको थियो । कार्यक्रममा बोल्नुहुँदै –‘वडावासीहरूलाई वातावरण र सरसफाईको बारेमा जानकारी दिने कार्यमा त्रिवेणी साकोसको महत्वपूर्ण भूमिका रहेको छ ।’ पुडासैनीले भन्नुभयो ।

त्रिवेणी सहकारी संस्थाले स्थानीय बासिन्दाहरूलाई आर्थिक कार्यमा टेवा पु¥याउँदै आइरहेकोमा स्थानीय वातावरण र पर्यावरण संरक्षणको क्षेत्रमा जुट्न जनचेतना दिने अभिप्रायस्वरुप कार्यक्रम आयोजना गरिएको त्रिवेणी साकोसकाका अध्यक्ष सनोज भट्टराईले बताउनुभयो ।

सो कार्यक्रममा त्रिवेणी साकोसका उपाध्यक्ष विनोद ढकाल, स्थानीय महिला स्वयंसेवी, महिला समूह, टोलसुधार समिति, विद्यालयलगायत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

परिवर्तनका लागि समाज सेवालाई मनैदेखि आत्मसाथ गर्दै सुरुवात आफैँबाट गर्नुपर्ने धारणा वागमती सुन्दरता सरकार मञ्चका कार्यसमिति सदस्य ज्ञानबहादुर नगरकोटीले राख्दै समाज परिवर्तन अभियानमा बागमती सरसफाई अभियानलाई एउटा दर्बिलो उदाहरण रहेको स्पष्ट पार्नुभयो ।
साथै उहाँले कार्यक्रममकै सन्दभर्मा महिला वातावरण समूहले हाल वडा नं. ३ भद्रवासमा सरसफाई तथा दिगो विकास कार्यक्रम अगाडि बढाइरहेकोमा वडावासीहरू खुशी रहेको र फोहरमैला व्यवस्थापनमा वडाले सक्रिय भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

प्रतिक्रिया