विप्लव समूहका एक नेता पक्राउ

इनेप्लिज २०७५ चैत १६ गते ९:२७ मा प्रकाशित

पर्वत, १५ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल शुक्रबार पक्राउ पर्नुभएको हो ।

नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उहाँकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नुभएका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ । केही दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया