विप्लवको पार्टी कार्यालयमा प्रहरीले डोजर चलायो

इनेप्लिज २०७५ चैत १५ गते ११:३९ मा प्रकाशित

बुटवल,  १५ चैत । रुपेन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालय प्रहरीले डोजर चलाएर भत्काएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी यो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

भवन विगत १३ बर्षदेखि पार्टी कार्यालयको रुपमा प्रयोगमा आएको थियो ।  प्रहरीले विप्लव समूहलाई राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको आरोप लगाएको छ ।

सुरुमा तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेत उपयोगमा ल्याएको थियो ।  त्यसपछि विप्लव नेतृत्वको नेकपाले भवनलाई कार्यालयको रुपमा सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया