पूर्वपरराष्टमत्री एवम् कुटनीतिज्ञ डा. थापालाई दोस्रोपटक सन्तान शाेक

इनेप्लिज २०७५ चैत १३ गते ९:५७ मा प्रकाशित

काठमाडाैँ,  १३ चैत । पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई लगातार दोस्रोपटक सन्तान वियोग खेप्नुपरेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले जेठी छोरी गुमाउनुपरेको हो । थापा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपालतर्फका संयोजक हुन् ।

न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् ।

उनको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छ । पत्रकार डेनियल ल्याकले मायाँसहित न्यूयोर्कमा उपस्थित परिवारका सदस्यहरुको बीचमा तेजश्रीको मृत्यु भएको अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उल्लेख गरेका छन्।

तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् । तेजश्रीले आफ्नो करिअर श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी थिइन्।

उनले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा भूतपूर्व युगोस्लाभियामा भएको युद्धका क्रममा भएको मानवताविरोधी घटनाहरुको अभियोजनकर्ता भएर पनि काम गरिन्। त्यसक्रममा लैँगिक हिंसा र अपराध सम्बन्धी घटनाहरुलाई अभिलेखिकरण गर्ने कामपनि गरेकी थिइन्।

पूर्वी बोत्स्नियाको फोका शहरमा भएको एउटा घटनाको उनले यसरी अनुसन्धान र खोजविन गरिन् कि, त्यसकै आधारमा मुद्दा दायर भयो र ८ जना पूर्व सैनिक अधिकारीहरुमाथि मुद्दा दायर हुनुका साथै उनीहरुमाथि अन्तर्राष्ट्रिय अदालतले जेल सजायँसमेत तोक्यो।

स्व तेजश्रीका बहिनी-ज्वाइँ (साहित्यकार/लेखक मञ्जुश्री थापाका श्रीमान्) समेत रहेका पत्रकार ल्याकका भनाईमा, अन्तर्राष्ट्रिय कानूनको आधारमा जो कसैमाथि मुद्दा दायर र सजायँ समेत तोकिएको पहिलो घटना थियो। र, यसरी युद्धका बेलामा भएका अपराधका दोषीहरुलाई न्यायको कठघरामा ल्याउने विषयमा तेजश्रीले महत्वपूर्ण योगदान दिइन्।

युद्ध अपराधको आरोप लागेका स्लोभाकियाका तत्कालिन राष्ट्रपति स्लोभोदान मिलोसोभिकमाथिको मुद्दाको सुनुवाई भएको इजलासमा पनि तेजश्रीले काम गरेकी थिइन्। त्यसक्रममा मिलोसोभिक दोषी ठहरिए। सन् २०६६ मा उनले हिरासतमै आत्महत्या गरेका थिए।

अन्तर्राष्ट्रिय क्षेत्रमा मात्र होइन, तेजश्रीले आफ्नै मुलुक नेपाल र दक्षिण एसियाको अर्काे द्वन्द्ग्रस्त मुलुक श्रीलंकामा द्वन्द्वकालमा भएका हिँसा र मानव अधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्ने भूमिका निर्वाह गरिन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्धी पाएकी छोरी तेजश्रीको निधन अघि डा थापाले छोरा भाष्कर थापालाई गुमाएका थिए। भाष्कर पनि अन्तर्राष्ट्रिय जगतमा नाम कमाएका टनेल (सुरुङ) इन्जिनियर थिए। ५० बर्षको उमेरमा २०७० को असार दोस्रो साता निधन भएको थियो।

प्रतिक्रिया