कामना सेवा बैंक र ग्रान्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता

इनेप्लिज २०७५ चैत १ गते १२:०२ मा प्रकाशित

काठमाडौँ, १ चैत । कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डी इन्टरनेशनल हस्पिटलबीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विश्वास लिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङका प्रमुख सुवास भट्टराई र ग्रान्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तर शाखा कारोबार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया