न्यूजील्याण्डको गोलीबारी मृतकको संख्या ४९ पुग्यो

यादवराज जोशी २०७५ चैत १ गते ३:४४ मा प्रकाशित

न्यूजील्याण्डको क्राईस्ट चर्च सहरस्थित दुई मस्जीदमा भएको गोलीबारीमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । दर्जनौ हताहत भएका छन् भने उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जस मध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । न्यूजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले यो घटनालाई न्यूजील्याण्डको ईतिहासको कालो दिन भनेकी छन् । गालीबारीमा न्यूजील्याण्ड आएका शरणार्थीहरु हताहत भएको हुन सक्ने अनुमान गरिएको आर्डेनले बताईन । यो समाचार तयार गर्दा (पूर्वी तटीय समय ११ः४५ राती) सम्म गोलीबारीमा नौजनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको थियो।

न्यूजील्याण्ड हेराल्डले २७ जना मारिएको जनाएको थियो भने उक्त संख्या बढेर अहिले ४९ पुगेको छ । अझ धेरैको मृत्यु भएको आशंका छ । मस्जीदमा गोलीबारी भएको बेला बंगलादेशको राष्ट्रिय क्रिकेट टोली नमाज पठन मस्जीदमा गएका थिए । मस्जिदबाट उनीहरुलाई सुरक्षित निकालीएको छ । सुरक्षाकालागि प्रहरीले नजिकका विद्यालय, पसल, घर बन्द गराएको छ ।धेरैको मृत्यु भएको छ, क्राईस्ट चर्चको प्रहरीले भनेको छ ।

गोलीबारी अहिले पनि जारी र दर्जनौ घाईते भएका छन् । मस्जीदमा करिव चारसय व्यक्ति प्राथना गरीरहेको विश्वास गरिन्छ । प्रहरीले घटनासंग सम्वद्ध भएको आशंकामा एकजनालाई पक्राउ गरेको छ ।यसअघि न्यूजील्याण्डको इृतिहासमा सन् १९९० मा आरामोनामा भएको हत्याकाण्डमा १३ जनाको मृत्यु भएको थियो । न्यूजील्याण्ड प्रहरीले सुरक्षाका कारण न्यूजील्याण्डका मस्जीदहरु बन्द गर्ने हादेश दिएको छ ।

स्रोतः सिएनएन, एबिसी न्यूज र एजेन्सीहरु

तस्बिर ” एलएटाइम्स

प्रतिक्रिया