संसद चल्न नदिने रणनीतिमा राजपा

इनेप्लिज २०७५ फागुन २९ गते ११:२८ मा प्रकाशित

काठमाडौं २९ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) ले संसद चल्न नदिने रणनीति बनाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले संसदमा संघर्ष गर्ने रणनीति बनाएको हो ।

न्यायाधीस गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्न लागेको हो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरी थुनामा रहनु परेको निष्कर्ष राजपाको छ ।

प्रतिनिधि सभाको बैठक आज दिउसो १२ बजे बस्दैछ ।

प्रतिक्रिया