जीवनका रङ्गहरु ( Colors of Life) का जोडीको रुपमा – कृष्ण पोखरेल एवम् रचना पोखरेल

सुबास ढकाल ,नर्थ क्यारोलाइना २०७५ फागुन २१ गते १:१५ मा प्रकाशित

जीवनका रङ्गहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपाली मूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको एक प्रस्तुती हो ।

यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनि जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ । यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्नु हुने कृष्ण पोखरेल एवम् रचना पोखरेल ।

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ?जीवन परिवार, समाज, जन्मभूमि, कर्मभूमि, कार्य, व्यवसाय प्रति पालन गर्नु पर्ने कर्महरुको निरन्तरता हो  । सेवा, समर्पण र सद्भावाना पुर्वक निर्वाह गर्नु पर्ने धर्म हो  ।

२. खुशी (Happiness) के हो ?खुशी भनेको प्रत्येक क्षण आफुले निभाउनु पर्ने धर्महरु, गर्नुपर्ने कर्महरु गरेसंगै मिल्ने सन्तुष्टि हो  ।

३. कर्तब्य (Responsibility) के हो ? – कर्तब्य भनेको प्रत्येक क्षण आफैं उत्प्रेरित (Self Motivated ) शुद्ध मनले निर्वाह गर्नुपर्ने दायित्व हो ।

४. सम्बन्ध (Relationship) के हो ? – सम्बन्ध भनेको सामिप्यता पछि निरन्तर रहिरहने अझ नजिकिदै जाने शुरुवात हो | सम्बन्ध कैले पनि अन्त्य होइन सधै अघि बढ्ने शुरुवात हो ।

५. आत्मियता (Intimacy) के हो ? – आत्मियता भनेको सम्बन्धको उच्चतम गहिराई हो | सम्बन्धलाई मन, वचन र कर्मले निभाई आत्मिय बनाएर खुशिपुर्वक कर्तब्यपालन गरि जीवन सफल बनाउनु नै जीवन सार्थक हुनु हो ।

आजको शृंखलामा यतिनै । अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ । यतिन्जेलका लागि विश्राम । सबैको जीवनमा खुशीका रङ्गहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्म विश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना । प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ ।

प्रस्तोता : सुबास ढकाल ,नर्थ क्यारोलाइना

प्रतिक्रिया