निवृत्तभरण कोष विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै

इनेप्लिज २०७५ फागुन १४ गते ८:२९ मा प्रकाशित

काठमाडौं, १४ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा निवृत्तभरण कोष विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक मंगलबार राष्ट्रियसभाबाट पारित हुने कार्यक्रम तय भएको हो ।

मंगलबारको बैठकमा अर्थमन्त्री खतिवडाले लेखा परीक्षण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि मंगलबार कै बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया