प्रेमः बासना र सर्मपण

यादवराज जोशी २०७५ फागुन १४ गते २:५० मा प्रकाशित

“पोथी पढ पढ जग मुआ , पंडित भया ना कोय ।
ढाई आखर प्रेम के पढे से पंडित होय ।।”

जीवनमा प्रेमको महत्व संत कबीरको माथिको पड.तीले देखाउउछ । प्रेमलाई राम्रोसंग बुझेमा, मनन गरेमा पंडित बन्न सकिन्छ अर्थात जीवनलाई सार्थक बनाउन सकिन्छ । संत कबीरभन्दा अगाडि र पछाडी धेरैले प्रेमका बारेमा धेरै बोले, धेरै लेखे । उनीहरु जति बोल्दै गए, लेख्दै गए साढे दुई अक्षरको सरल प्रेमलाई सबैले जटील बनाउदै लगे ।

प्रेम, यौन र जीवनलाई सामाजिक धरातलमा जति धेरै बुझाउने प्रयास गरियो त्यति नै यो विषय जटिल बन्दै गयो । यो जटिलता थपिने क्रम अझै टुंगिएको छैन । प्रेम खोकुलो बन्दै छ, यौन छताछुल्ल हुदैछ र जीवन जकडिएको छ । यहि परिवेसमा जीवनमा प्रेम र यौनलाई परिभाषित गर्ने, वर्गिकरण गर्ने काम हुदै आएको छ ।

मनोविज्ञहरुले प्रेम सात प्रकारको हुने बताएका छन् । आज हामी सात विभिन्न प्रकारको प्रेमको कुरा गछौ । सात विभिन्न प्रकारका प्रेम भएपनि यसका मसला तीनवटा नै हुनः भावनात्मक निकटता, जुनून र प्रतिवद्दता । यि तीन मसला धेरै थोरै हुदाँ प्रेममा भिन्न भिन्न रुप र्सिजना भयो । यसकै आधारमा कैयन पुस्तक, गीत, कविता, कथा लेखिए । लेखिने क्रम जारी छ ।

चाहना समय समयमा परिवर्तन हुने गर्छ । त्यसैले हरेक प्रेमी जोडी जीवनमा भिन्न भिन्न प्रकारको प्रेमील वातावरणमा हुन्छन, तर सबै सात प्रकारको प्रेम अनुभुति भने गर्न सक्नदैनन । प्रायः सबैले दुई भिन्न प्रेम अनुभव गरेका हुन्छन । प्रेमको सातौ रुपको स्वाद केही भाग्यमानीले मात्र प्राप्त गर्ने मनोविज्ञ बताउछन् ।

धेरैले प्रेम भावनात्मक निकटता, जुनून र प्रतिवद्दताको गाँठो हो भनेका छन् । वास्तवमा प्रेम निकटता, चाहना र प्रतिवद्दताबाट प्रस्फुटित हुन्छ । अब सातप्रकारका प्रेमको विस्तृत विवेचना गरौ ।

आशक्ति प्रेम

मानिसले एक अर्कालाई चिनेको हुदैन तर प्रेमको जालमा बाँधिएको महसुस गर्छ । प्रेमको बन्धनमा बाँधिन्छन पनि । समय बित्दै जाँदा केही जोडिले यो चरण पार गर्छन तर केही अगाडि बढन सक्दैनन । शारिरीक चाहनाले निर्देशित गर्ने यो प्रेम आशक्ति हो ।

मन पराउने प्रेम

यो त्यस्तो प्रेममा जहाँ प्रेमको पोखरीमा पौडी खेलिन्न । मानिस आफु मा अन्तनिहित हुन्छ । दुईजना बीच जीवनको दृष्ट्रिकोण र चाहना एउटै हुन सक्छ र दुवैले एक अर्कालाई नबुझेका हुन्छन । मनोविज्ञहरु निकटता र जुनून नभएका कारण यस्तो प्रेम मीत्रवत सम्वन्ध मान्छन ।

खोक्रो प्रेम

निकटता र जुनून नभएको प्रेम खोक्रो प्रेम हो । यो प्रेममा प्रतिवद्दता भएपनि निकटता र जुनूनको अभावमा त्यसको कुनै अर्थ हुन्न । यस्तो प्रेम कहिले उत्कृष्ठताको उत्पादक त कहिले प्रत्युत्पादक हुन्छ । यस्तो प्रेममा परेका व्यक्ति वासनालाई भावनामा हराई दिन्छन ।

विवेकहिन प्रेम

प्रतिवद्धता र वासनाको मिश्रण भएको यो प्रेममा धेरै जोडी पाउन सकिन्छ । यो प्रेममा केटा र केटी दुईजनाको विवाह, हनिमुन र परिवार बन्न सक्छ तर यिनीमा वास्तविक निकटता हुदैन । मनोविज्ञले यस्तो जोडी जीवनपर्यन्त सगै बस्न सक्ने तर जीवनको वास्तविक आनन्दबाट बन्चीत हुने बताउछन् । यो प्रेममा केटा र केटीले एक अर्कालाई पतिपत्नीको रुपमा मात्र लिएको हुन्छन । कहिल्यै साथी मान्न सक्दैनन् ।

रोमान्टिक प्रेम

यो प्रेममा बासना र निकटता हुन्छ । रोमान्टिक प्रेममा जोडी एक अर्कामा सजिलो महसुस गर्छन तर विरलैले गहन प्रतिवद्दता गर्छन । यो प्रेम निकै कम विवाहमा परिणत हुन्छ ।

सहधर्मी प्रेम

सहधर्मी प्रेममा साथित्वभन्दा कैयन गुण बढी प्रतिवद्दता र निकटता हुन्छ । र जोडीबीच आर्कषण पनि हुन्छ । तर यो प्रेममा आवश्यक मात्रामा बासना हुदैन । तरपनि सहधर्मी प्रेमी जोडी लामो समय बैवाहिक जीवनमा रहन सक्छन् ।

पूर्ण प्रेम

प्रेमका तीनवटै गुण बासना, भावनात्मक निकटता र प्रतिवद्धता हुने भएकोले यसलाई पूर्ण प्रेम भनिन्छ । यो प्रेमको आदर्श हो । आदर्श जहिले पनि दुर्लभ हुन्छ, त्यस्तै यस्तो प्रेम दुर्लभ हुन्छ । एक अर्कालाई साच्चे माया गर्ने र संयुक्त जीवनको चाहना राख्ने जोडीमात्र पूर्ण प्रेमको मार्गमा अगाडि बढन सक्छन् ।

मनोविज्ञहरु एउटा मानिसले जीवनको विभिन्न समयमा भिन्न भिन्न प्रकारको प्रेमको अनुभुति गर्ने बताएका छन् । सातौ अवस्थाको प्रेम सबैको जीवनमा हुन सक्दैन तसर्थ मानिसले दुई प्रकारका प्रेमबीच जीवनलाई सन्तुलीत राख्नु पर्छ भन्ने उनिहरुको सुझाव छ ।

प्रतिक्रिया