सरकारविरुद्ध कांग्रेसद्वारा आज देशभरि प्रदर्शन गर्दै

इनेप्लिज २०७५ माघ २१ गते ११:२६ मा प्रकाशित

काठमाडौं, २१ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै आज देशभरि प्रदर्शन गर्दै छ ।

राजधानीसहित ७७ वटै जिल्लामा नेपाली कांग्रेसले प्रदर्शन गर्नेछ । प्रदर्शनका लागि नेपाली कांग्रेसका जिल्ला कार्यसमितिहरूले सम्पूर्ण तयारी गरेका छन् ।

महँगी, भ्रष्टाचार, शान्ति सुरक्षा सहितका माग राखेर कांग्रेसले प्रदर्शन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले काठमाडौंमा शान्तिबाटिकामा दिउँसो १ बजे प्रदर्शन गर्नेछ ।

यसअघि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आइतबार साँझ सबै जिल्लाहरूमा मशाल जुलुस र प्रदर्शन गरेका छन् । मशाल जुलुस प्रदर्शनका क्रममा ठाउँठाउँमा झडप भएको छ ।

नेपाली कांग्रेसको आजको प्रदर्शनलाई लिएर सरकारले देशैभरि उच्च सर्तकता अपनाएको छ ।

प्रतिक्रिया