राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक

इनेप्लिज २०७५ माघ १७ गते १०:४५ मा प्रकाशित

काठमाडौँ, १७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक बहुमतले पारित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ ।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । तर दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

सदनको कार्य चलुन्जेलसम्म प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले भने उठेर विरोध जनाइरहेका थिए ।

प्रतिक्रिया