काठमाडौँ, १६ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि बाट दैनिक १० घन्टा पूर्ण रुपमा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको पीच परिर्वतनका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म सबै उडान तथा अवतरण बन्द गर्ने तयारी छ ।
सन् १९७५ को दशकमा निर्माण भएको रनवेको पीच पहिलो पटक परिवर्तन हुन लागेको हो । पीच सुधार हुने भएकाले विमानस्थल बन्द गर्दा एयरलाइन्स कम्पनीहरुले पूर्ण रुपमा सहयोग गर्ने भएका छन् ।
विमानस्थल कार्यालयका आन्तरिक तर्फको उडानमा भन्दा अन्तर्राष्ट्रियतर्फ हुँदै आएको उडान व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे पीच परिर्वतन (रिह्याबिलिटेसन) को जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेशनल एग्रो ट्रक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पाेरेसनले पाइसकेको छ । चिनियाँ निर्माण कम्पनीसँग निर्माण सम्झौता भइसकेको छ ।
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक ३ अर्ब ७५ करोड रुपैयाँ रनवे पीच परिर्वतनका लागि सम्झौता भएको हो । रनवे पीच परिर्वतनमा करसहित ४ अर्ब २७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया