दलित बालबालिकाको शिक्षामा पहुँच अभियान को लागी आर्थिक सहयोग को लागी अनुरोध सरकार

इनेप्लिज २०७५ माघ १२ गते २१:२१ मा प्रकाशित

दलित समुदाय भन्नाले राज्य ले सेवा सुविधा बाट बञ्चित गरेको ,आर्थिक, सामाजिक, राजनीतिक , शैक्षिक, धार्मिक संस्कृति पछाडि पारिएको समुदाय हो।
यो समुदाय को सशतिकरण को लागी राज्यले कुनै खास योजना को खाका तयार गरेको छैन। दलितलाई पहिलाको अवस्था मा राख्न लागेको देखिएको छ। दलित समुदाय को समस्या धेरै रहेको को बिषय सबै लाई जानकारी को रहेको बिषय हो । जस मध्ये दलित समुदायको शिक्षा मा पहुँच नभएकोले दलित समुदाय को उन्नति प्रगति तथा सशतिकरण नभएको बुझिन्छ। दलित समुदाय शिक्षित भएमा दलित समुदाय को राज्य सरकारी निकाय मा जागिर हुने, दलित समुदाय को रोजगारी मा पहुँच हुने तथा दलित समुदाय को आर्थिक समृद्धि हुने, दलित समुदाय को शिक्षा मा पहुँच भएमा राजनीतिक सहभागिता सक्रिय रूपले बढेर संवैधानिक निकाय मा पुगी दलित अधिकार को लागी निति नियम निर्माण मा सहभागी हुनेछ।डॉ भिम राव आम्बेडकर ले शिक्षा प्राप्त गरि भारतीय संविधान को निर्माण गरे । त्यसैले दलित समुदाय को सबै बालबालिका हरू को शिक्षा मा पहुँच हुनु पर्छ भने उद्देश्य का साथ हामी सबै मिली दलित बालबालिका को शिक्षा मा पहुँच अभियान सुरू गरेका छौ।

यस अभियान मा सबैको सहभागिताको लागी अनुरोध छ ।पर्सा जिल्ला को दलित को अवस्था निकै कमजोर रहेको छ । यस जिल्ला को दलित समुदाय को सशतिकरण तथा समृद्धि मा कमी देखिए को छ। यस पर्सा जिल्ला को दलित समुदाय को सबै क्षेत्र मा पहुँच नरहेको छ। पर्सा जिल्ला को दलित अभिभावक हरू को भनाई अनुसार हाम्रो आर्थिक अवस्था कमजोर भएको ले आफ्नो छोराछोरी लाई पढाउन नसकेको अवस्था छ।शैक्षिक सामग्री हरू किन्न नसकेको अवस्था छ।हाम्रो पनि ईच्छा चाहना छ कि हाम्रो छोरा छोरी पनि शिक्षक, डाकटर, कर्मचारी बननू।आर्थिक अवस्था कमजोर भएकोले बिच्चैमा पढ़ाई छोडाई घर को कामकाजमा लगाऊने गर्छौ।पर्सा जिल्ला को दलित बालबालिका को शिक्षामा पहुँच हुनको लागी दलित बालबालिका को लागी शैक्षिक सामग्री ( कापी ,पेन, किताब, ईरेजर,औजार बक्स) , विद्यालय डेस्र, परिक्षा फि, फ्री टियूस्न ,जुतामोजा , खाजा आदि अवश्यक सामग्री सहयोग को लागी आर्थिक सहयोग जम्मा गरिरहेका छौ। यो अभियान ले दलित बालबालिका को शिक्षा मा पहुँच हुनेछ। दलित बालबालिका को बिधालय छोड़ने दरमा कमी हुनेछ। दलित बालबालिका को गुणस्तरीय शिक्षा हुनेछ।दलित बालबालिका हरू उच्च माध्यमिक शिक्षा हासिल गर्ने छन। दलित समुदाय को प्रगति तथा सशतिकरण हुन्छ ।त्यसैले दलित बालबालिकाहरूको शिक्षामा पहुँच अभियान सकारात्मक लागेमा प्रत्येक सहयोगी दाता लाई सहयोग को लागी अपिल गर्दछौ।

धन्यवाद
मनोज राम
पर्सा जिल्ला
अध्यक्ष

दलित अधिकार समाज ,पर्सा, नेपाल
मोबाइल नम्बर :+9779817229817

Freelance sports journalist : Ujjwal Thakuri “Three Times Guinness World Champion”

प्रतिक्रिया