फ्रान्समा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो

इनेप्लिज २०७५ पुष २३ गते २२:२८ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति फ्रान्सले आइतबार जनवरी ६ मा राष्ट्रिय मेलमिलाप दिवस र नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सुन्दर सहर पेरिस स्थित कामरान रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो।२०३३ साल पौष १६ गते मेलमिलाप को नीति सहित स्वदेश फर्कनु भएका जननायक बि पी कोइरालाको फोटो अगाडी दियो बालेर उद्घाटन गरिएको काय्रक्रममा , राष्ट्रिय गान संगै उपस्थित सबै नेपालीहरुले बि पी को फोटोमा माल्यार्पण गर्नुभएको थियो। नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ,समितिका उपाध्यक्ष शिवराम भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने जसस फ्रान्सका संरक्षक किरणचन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल , एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे , एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल , मगर समाज फ्रान्स अध्यक्ष रमेश राना , गोर्खा समाज फ्रान्सका उपाध्यक्ष रामेश्वर श्रेष्ठ , प्रबाशी नेपाली एकता मंचका सचिब सुमन पौडेल , एकता समाज फ्रान्सका संस्थापक अध्यक्ष तथा जसस फ्रान्सका सल्लाहकार तप्त भण्डारी , एन आर एन फ्रान्सका आइ सी सी सदस्य सुवर्ण हमाल , एन आर एन फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल तथा भू पु उपाध्यक्ष हरि सापकोटा लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो । शुभकामना मन्तब्यको क्रममा बक्ताहरुले महामानव बि पी को देशमा प्रजातन्त्र स्थापनाको लागि दिनुभएको योगदान को कदर गर्दै उहाँले अबलम्बन गर्नुभएको मेलमिलापको नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक महसुस भएको कुरामा जोड दिनु भएको थियो । साथै फ्रान्समा सबै नेपालीबीच एकदम राम्रो मेलमिलाप र आपसी सहयोग को भावना रहेको अवस्थामा उक्त कार्यक्रमको आयोजना संगै अझ एकीकृत भै समाज सेवा र परोपकार मा लाग्न थप उर्जा मिलेको कुरा हरु पनि राख्नु भएको थियो ।

कार्यक्रममा, कार्यक्रम संचालक जनसम्पर्क समिति फ्रान्सका महामन्त्री कमल बिक्रम के.सी . ले जनसम्पर्क समिति फ्रान्स राजनैतिक परिवेश बाट अलिक माथि उठेर समाज विकास र परोपकारी योजनामा संलग्न रहने उदेश्य साथ खोलिएको जानकारी गराउदै , २०१९ मा नेपालमा कम्तिमा पनि ३ ओटा सामाजिक परोपकारी योजना लैजाने जानाकारी गराउंदै , उक्त कार्यक्रमबाट पर्बत जिल्ला को जलजला गाउँपालिकास्थित एक बिद्यालयमा गरिब बिपन्न बिद्यार्थी लक्षित छात्रवृति को लागि एक लाख पचास हजार बराबरको बि पी स्मृति कोष को योजना पनि घोषणा गर्नुभयो। कायर्क्रमको अन्त्यमा सभापति सुधिर रानाले उपस्थित सबैलाई धन्यबाद दिदै, फ्रान्सको परिबेशमा युवाहरु संगठित भएर स्थापना भएको जनसम्पर्क समितिलाइ बिसुद्ध राजनैतिक संगठनको रुपमा नसोची , फ्रान्समा लगायत नेपालमा पनि सबैजना मिलेर समाज बिकाश र शिक्षा स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने प्रतिबद्धता सहित जनसम्पर्क समिति अन्य कार्यर्क्रम सहित आउने जानकारी गराउनुभएको थियो। मन्तव्यको कार्यक्रम पछि उपस्थित नेपालीहरुबीच आपसी अन्तरक्रिया सहित चियापान संगै कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया