दुई बर्षिय बालकलाई सानो रकमको खाचो

इनेप्लिज २०७५ पुष २१ गते २३:२१ मा प्रकाशित

 

जेनिश लुइँटेल नामक दुई बर्षिय बालक डाउन सिन्ड्रोम बाट पिडित छन् । हाल उनि केवल बस्न मात्र सक्दछन भने हिड्न सक्दैनन् । उनि हेर्न सक्छन र सुन्न सक्छन । तर उनि बोल्न सक्दैनन् ।

उनि अभिभावक बिना एकै छिन् पनि अन्य क्रियाकलाप गर्न सक्दैनन् । आगामी अप्रिल महिना देखि उनको उपचार काठमाडौँ स्थित सत्यम डे केयर सेन्टरले गर्ने भएको छ । उनलाई केवल ४ महिनाको लागि मात्र सहयोगको खाचो भएकोले थोरै रकमको लागि सहयोग गर्न समुदायलाई अनुरोध गरिएको छ ।

अमेरिकाको डीसी महानगर क्षेत्रमा बस्दै आएका कलाकार पुस्कर पन्तले उनका परिवारलाई सहयोग गर्दै आएका छन् । कलाकार पन्तले अर्को बर्ष देखि उनको पढाई खर्च आफूले बेहोर्ने अमेरिकाको डीसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज डटकमलाई बताए । पन्तका अनुसार साथीभाईले नगद पनि दिई रहेको बताए ।

डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने क्रोमोसोम असामान्यता हो । यो अवस्था क्रोमोसोम-२१ मा एउटा अतिरिक्त क्रोमोसोमको पूरा वा सानो अंश जोडिएको कारणले हुन्छ । यसलाई ट्राइसोमी-२१ पनि भनिन्छ । सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोसोम हुन्छ । यो क्रोमोसोम असामान्यता साधारणतया अधिकांश देखिने मध्ये हो र बौध्दिक अपाङ्गताको कारण पनि हो ।

यो संज्ञान क्षमता र शारीरिक विकासको ढिलाई र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ । सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङडन डाउनले सर्वप्रथम यो क्रोमोसोम असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट डाउन सिन्ड्रोम भनिएको हो।

थोरै रकम दिन यहाँ थिच्नु होस् :

https://www.gofundme.com/support-for-those-living-with-down-syndrome?

प्रतिक्रिया