नवजात शिशु फेला प¥यो
इनेप्लिज
२०७५ पुष २१ गते ९:२३ मा प्रकाशित
चितवन, २१ पुस: इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको छ । शिशुलाई चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । शिशु कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको जनाइएको छ ।
यसैबीच नारायणगढस्थित बजारको पेटीमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ पुरानो तरकारी बजारमा आज बिहान मागी हिँड्ने अन्दाजी ५० वर्षीय पुरुष मृतावस्थामा फेला परेको हो । उनको सनाखत हुन सकेको छैन । चिसोका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया