नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण
काठमाडौँ, पुस २० गते । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।
बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको हो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले नेविसङ्घलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताउनुभयो ।
“मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गति हटाई आगामी निर्वाचनमा काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर पु¥याउन लागेका हौँ”, उहाँले भन्नुभयो । लामो समयको विधान र नियमावली विवादपछि विधान पास भएको नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ महाधिवेशनको तालिका तोकेको थियो ।
नेविसङ्घले तोकेको निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।
निर्वाचन आउन केही दिनमात्र बाँकी हुँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिनुभयो । नेविसङ्घ अहिले महाधिवेशनमय हुँदै गएको उहाँको भनाइ छ । निर्धारित समयमा महाधिवेशन सम्पन्न नभए पनि छिट्टै महाधिवेशन सम्पन्न हुने गरी नेविसङ्घले काम गरिरहेको उहाँले बताउनुभयो ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया