अस्ट्रेलियाको अस्पतालमा आन्द्राको क्यान्सरको उपचार गराई रहेकी २५ बर्षिय बिधार्थी समिक्षा अधिकारीलाई सहयोगको अपिल

इनेप्लिज २०७५ पुष १८ गते २२:५३ मा प्रकाशित

नेपाल घर भै हाल अस्ट्रेलियामा पढ्न गएकी २५ बर्षिय बिधार्थी समिक्षा अधिकारीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई आन्द्राको क्यान्सर भएको छ भने उनको उपचार भै रहेकोले उनलाई आर्थिक सहयोग गर्न परिवार तथा आफन्तले अपिल गरेका छन् । उनलाई अस्ट्रेलियाको रोयल प्रिन्स अल्फ्रेड अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई कोलोन क्यान्सर भएको छ भने उनलाई चिकित्सकहरु उनको जीवन बचाउन हर सम्भव प्रयास गरि रहेको जानकारी उनका नजिकका नातेदारले ईनेप्लिजलाई अस्ट्रेलिया बाट दिएका छन् । बिधार्थी भएको कारण उनलाई ठुलो आर्थिक समस्या भएकोले नेपाली समुदायलाई सक्ने सहयोगको लागि परिवार तथा आफन्तले यसै मार्फत संदेश पुराउन अनुरोध गरेका छन् ।

हाल उपचारको क्रममा रहेकोले उनलाई आर्थिक र प्रार्थनाको ठूलो खाँचो छ भएको नजिकका नातेदारले बताएका छन् स । तीक्ष्ण बुद्धि भएकी समिक्षा अधिकारी एक होनहार छात्रा हुनुको साथै कोमल हृदयकी छिन् । उनको शल्य चिकित्सा पछि निकै अर्थको खाचो पर्ने हुनाले सक्नेले सहयोग गर्न अपिल गरिएको छ ।

बिस्तृत जानकारीको लागि यहा थिच्नु होस् :

https://www.gofundme.com/support-samiksha-adhikari

प्रतिक्रिया