खानेपानी समस्या
बैतडी, पुस १६ गते । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो ।
करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उहाँको गुनासो थियो । पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताउनुभयोे ।
उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करवीरराम सार्कीले जानकारी दिनुभयो । दलित बालबालिका मात्रै अध्ययनरत सो विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन उहाँले भन्नुभयो, “विद्यालयमा पानी उपलब्ध गराउन नसक्दा पठनपाठनमा समेत बाधा पुगेको छ ।” सन्ताननब्बे बालबालिका अध्ययनरत उक्त विद्यालयमा पानीको अभावमा विद्यालय खाजा कार्यक्रमका साथै विद्यालयको सरसफाइमा समेत असर परेको प्रधानाध्यापक सार्कीले बताउनुभयो । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा स–साना बालबालिका पानीको अभाबले भौतारिने हुँदा धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।
यस्तै पुर्चौडी नगरपालिका वडा ३ नकालीमा पनि खानेपानी अभाव भएको छ । हिउँद शुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या शुरु भएको स्थानीय कर्णबहादुर धाँमीले जानकारी दिनुभयो । हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो । गाउँमा दुईवटा कुवामात्रै भएको र त्यहाँको पानी स्थानीयवासीलाई नै नपुग्ने सोही स्थान निवासी अनिरुद्र जोशीले जानकारी दिनुभयो । वडा नं ३ मा देखिएको खानेपानी समस्या समाधान गर्न गत आर्थिक वर्षमा पुरचौँडी नगरपालिकाले रू तीन लाख ५० हजार उपलब्ध गराएको थियो ।
यसैगरी ठूलीगाड सिराड पन्तनकाली खानेपानी योजनाका लागि विनियोजन गरिएको रकम पनि पाइप खरीद र आधाजति पाइप विच्छयाउने काममात्रै भएको उहाँले बताउनुभयो । योजना अपुरो भएकाले खानेपानी उपलब्ध हुने स्थानीयवासीको आशा निराशामा परिणत भएको छ । यस्तै पानीको अभावमा विणेश्वर माविको शौचालय प्रयोग हुन सकेको छैन । यस्तै पानीको अभावमा स्थानीय प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवामा समेत समस्या भइरहेको बताइएको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया