शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:२०
वासिङटन डिसी 16:35

प्यूठानमा हत्या गरेर फरार व्यक्ति काठमाडौँबाट पक्राउ

इनेप्लिज २०७५ पुष १५ गते ११:०५ मा प्रकाशित

काठमाडौँ, पुस १५ गते । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

खत्रीले कुलोमा पानी हाल्ने क्रममा विवाद भएपछि कोदालोले हिर्काएर घर्तीको हत्या गरेर फरार रहेको अनुसन्धानमा खुलेको प्रसाईंले बताउनुभयो ।

प्रतिक्रिया