चेपाङ्ग बिद्यार्थी ल्याउने लाने गर्छिन शिक्षिका

इनेप्लिज २०७५ पुष १२ गते ११:४१ मा प्रकाशित

 

धादिङ्ग , अनेक प्रयास गर्दा पनि चेपाङ्ग समुदायको बिद्यार्थीलाई नियमित बिद्यालय आँउने सम्भावना कम बने पछि पिस फर पिपुलको पहलमा श्री बाराही आधारभुत बिद्यालयमा ल्याउने लाने ब्यवस्था पछि यसमा सुधार आएको छ ।

हरेक बर्ष सरकारी भर्ना अभियान मार्फत सबैलाई बिद्यालय शिक्षा भने पनि केवल भर्ना हुने तर बिद्यालय भने कहिल्यै नआँउने कारण धादिङ्ग जिल्ला थाक्रे गाँउपालिका ७ मा रहेका चेपाङ्ग समुदायको बालबालिका शिक्षावाट टाढा रहेका थिए ।

सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान संचालन गरिरहेकी पुनम खड्गी भन्नुहुन्छ, बिगत ५ बर्ष देखि सो क्षेत्रको चेपाङ्ग समुदाय आसपासको बिद्यालयमा काम गरिरहेको छौ तर अनेक प्रयास गर्दा पनि त्यहाँका बिद्यार्थीहरुलाई नियमित बिद्यालय ल्याउन नसके पछि हामीले शिक्षिकालाई ल्याउने लाने ब्यवस्था गरे पछि यो समस्या समाधान भएको छ बिद्यार्थीहरु नियमित बिद्यालय आँउछन् हाम्रो लागि यो ठुलो उपलब्धि हो ।

थुप्रै पटक स्थानीय अभिभावकहरु सँग पनि छलफल गर्यौ , तर मुख्य समस्या भनेकै उत्त समुदायका अभिभावकहरुले पढाईमा खासै चासो नदिने, आफ्नो बालबालिकाहरुलाई निममित बिद्यालय जाँउ नभन्ने जस्ता कुरा यस क्षेत्रको मुख्य समस्या रह्यौ करिव ३० जना हाराहारीको बालबालिको यो अवस्था देखे पछि यसको समधानको लागि बैकल्पिक उपाय भनेर हामीले यस्तो सुरुवात गरेको हौ अभियन्ता सन्तोष विडारी भन्नु हुन्छ । बैशाखवाट सुरुवात गरेको हौ अहिले सम्म हेर्दा अवस्थामा केही सुधार भएको छ ।

हुन त धेरै जसो सरकारी बिद्यालयको अवस्था दिनानुदिन नाजुक बन्दै गएको भर्ना अभियानामा उत्साहजनक सहभागिता देखिए पछि दैनिक उपस्थिती भने निकै कम देखिन्छन् बिद्यालयहरुमा । भने अर्का तर्फ अभिभावकहरुको रोजाई प्राईभेट स्कुल तर्फ केन्द्रित छ ।

उक्त स्थानवाट बिद्यालय पुग्न ४५ मिनेट देखि १ घण्टा सम्म लाग्ने गर्दछ , बिहान ९ बजे शिक्षिका घर घरमा पुग्दा पनि अभिभावकले बिद्यार्थीलाई तयार गरिदिएको हुदैन्न , खाना तयार भएको हुदैन् कयौ दिन बिद्यार्थी केवल दालमोठ चिउरा खल्तीमा राखी बिद्यालय ल्याउने गरेको शिक्षिका अन्जना देवी कुँवर बताउनु हुन्छ ।

कमसेकम २,४ बषै नियमित र निरन्तर प्रयास प्रश्चात अभिभावकले पनि केही बुझ्लान अनी यसको सुधारहोला भन्ने आशा आफुहरुले राखेको खड्गी बताउनु हुन्छ । सामाजिक संजालवाट सानो सानो सहयोग संकलन गरि संचालित यस अभियानमा मनकारी ब्यक्तिहरुको साथ र समर्थन पाए यस्ता थुप्रै बिद्यालय अनी बिद्यार्थीहरुको लागि शिक्षा जस्तो महत्वपूर्ण कुरा दिन सकिने थियो उहाँ भन्नुहुन्छ ।

सबैका लागि निःशुल्क गुणस्तरिय शिक्षा अभियान मार्फत यस बर्ष मात्रै बिभिन्न ७ बिद्यालयका १५६ जना बिद्यार्थीहरुले पूर्ण छात्रबृत्ति मार्फत अध्ययन गरिरहेका छन् । बिद्यार्थीहरुलाई आवश्यक सम्पूर्ण सामाग्रीहरु बिद्यालय झोला , पोशाक, स्टनेशनरी सामाग्री समेत अभियानले दिदै आएको छ ।

प्रतिक्रिया