कालिकामा सहकारी व्यवस्थापन तालिम शुरु

शिशिर सिंखडा २०७५ पुष ११ गते ११:५६ मा प्रकाशित

खोलेसिमल, चितवन, ११ पौष ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाइनमा आजबाट शहरी बजार विकास कार्यक्रम अन्तर्गत ३ दिने सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड चितवनको आयोजना र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा यूएनडीपीको सहयोगमा आयोजित तालिममा जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था र गंगोत्री कृषि सहकारी संस्थाका पदाधिकारी एवम् सदस्य सहित ५० जनाको सहभागिता रहेको छ । जिल्ला संघका अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कालिका वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग, जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुदर्शन अधिकारी, गंगोत्री कृषि सहकारी संस्थाका अध्यक्ष कमल लामिछाने, जिल्ला सहकारी संघका व्यवस्थापक बिनोद खतिवडा लगायतले मन्तव्य राखेका थिए । संघका वरिष्ठ सदस्य प्रेमनाथ दवाडीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो तालिममा प्रशिक्षकहरु शान्ति अधिकारी, रामहरि दाहाल, पुष्पराज राना र पूर्णमाया अधिकारीले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया