बसका यात्रुलाई पाकेट मार्दा मार्दे चितवनमा दुई युवती पक्राउ
बसमा यात्रारत यात्रुहरुलाई पाकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन् । बीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको बसमा यात्रारत महिलाको पाकेट मार्दा मार्दै इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले २ जना महिलालाई पक्राउ गरेको हो । भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव पक्राउ परेका हुन् ।
बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको उनले जानकारी दिए । उनीहरु अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन् । पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो । सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरीहरु बसमा खटाइएको उनले बताए । अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए । लामो रुटका बसहरुमा महिलाहरुलाई पाकेट मार्नको लागि महिलाहरु नै सक्रिय रहने आशंका गर्दै सुरक्षा जाँच र गस्तीमा समेत प्रहरीहरु खटाइएको उनले बताए ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया