दुःखमा नि कर लाउनु होस

यादवराज जोशी २०७५ पुष १० गते ११:२७ मा प्रकाशित

 

 

 

 

 

 

 

 

डरको के कुरा शर्मको के कुरा
नेताजी देश बेची खानु होस
धनीका सबै अपराध क्षम्य यहाँ
पैसा हुनेले मोजमस्ती गर्नु होस

सास्ती पाउने जनता छन दुःखी
अब दुःखमा नि कर लाउनु होस
युवा सब जाउन मलेसिया, खाडी
हजुर विप्रेषण गन्दै बस्नु होस

चार हजार बलत्कृत वर्षमा यहाँ
टोल टोलमा भट्टी खोल्नु होस
आफ्ना आसे पासे रमाई रहुन
राष्ट्र कोष तिनलाई बाडनु होस

घर घरमा ग्याँस पुग्यो अब
लौ त्यो पाईप अब काटनु होस
मेलाम्चीले सुनामी ल्यायो
ट्यांकरमा पानी बेच्नु होस

सडकमा खाल्टाखुल्टी हिलो धुलो
कोशी, नारायणीमा जहाज आउनु होस
चीनबाट रेल दक्षिण जाला
हजुर रमिते बनेर नाच्नु होस

नयाँ वर्ष २०१९ आयो है
अझै रंग रमिता गर्नु होस
डर शर्मका के कुराको यहाँ
कमरेड देश बेची खानु होस

प्रतिक्रिया