मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:२६
वासिङटन डिसी 03:41

दुर्घटनामा मृत्यु हुनेको संख्या तेइस पुग्यो, छजनाको सनाखत

इनेप्लिज २०७५ पुष ७ गते ९:५० मा प्रकाशित

घोराही, ७ पुस । दाङमा भएको बस दुर्घटनामा मृत्यु हुने तेइस जनामध्ये छ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ बस्ने बस चालक २५ वर्षीय मदन केसी रहेका छन ।

त्यसै गरी घोराही १५ का २८ वर्षीय प्रदीप घमिरे, दंगिशरण गाउँपालिका १ बस्ने २० वर्षीय संजित रतगैया, रुकुम जिल्ला भूमि गाउँपालिका ६ बस्ने २८ वर्षीय नरेश वली, घोराही १४ का १७ वर्षीय विजय जिएमको सनाखत भएको छ ।

जुम्ला जिल्लाको कन्कासुन्दरी गाउँपालिका ५ घर भएको २० वर्षीय वीरेन्द्र कन्डरा कोहलपुरमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर–सल्यान सडक खण्डमा तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस शुक्रबार दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया