उप प्रधानमन्त्री ईश्वर पोखरेल द्वारा दोश्रो सिमरा औद्योगिक व्यापार महोत्सवको पौष ६ गते उद्घाटन हुदै

इनेप्लिज २०७५ पुष ५ गते ११:३४ मा प्रकाशित

काठमाडौँ : बारा जिल्लाको औद्योगिक नगरी सिमरामा भोलि पौष ६ गते देखि १६ गते सम्म दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ हुने भएको छ । उक्त महोत्सब नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षा मन्त्रि माननीय ईश्वर पोखरेलले उद्घाटन गर्ने भएका छन् भने उक्त क्षेत्रका बरिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहने भएको छ l

सिमरा फाउण्डेसन सिमराको मुख्य आयोजनामा हुन गईरहेको दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ मा सह आयोजकहरुमा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औद्योगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र नब दुर्गा युवा क्लब सिमरा बारा,हाम्रो समान क्याम्प, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,सामुदायिक विकासशील क्लब सिमरा बारा, भेट्रान्स क्लब सिमराको संयुक्त आयोजनामा दोश्रो सिमरा औद्योगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ पौष ६ गते बाट पौष १६ गते सम्म आयोजना हुन लागेको हो ।

सिमरा क्षेत्र आफैँमा एक व्यापारिक पर्यटन तथा धार्मिक सस्कृतिको बिबिधताले भरिएको प्रमुख औधोगिक शहर भएकोले यस क्षेत्रको समग्र हितलाई मध्यनजर राखेर दोश्रो सिमरा औधोगिक ब्यापार तथा महोत्सब २०७५ गर्न लागिएको कुरा महोत्सबका संयोजक आरिफ खान बताउछन । यस महोत्सवले सम्पुर्ण बारा, बिरगंज देखि हेटौडासम्मका स्थानियबासिहरुलाई सर्ब सुलभ तरिकाले सम्पुर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिन लागेको मेलाले समग्र सिमराबासीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने भएको छ ।

सिमरा व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले सिमराको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र सिमरा क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी महोत्सबका ब्यबस्थापक हरि चधरिले गराए ।

मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० मात्र रहेको जानकारी सैलेश आचार्यले कमिटीले गराएको छ ।

उक्त मेलामा पशुपति मन्दिरको गेट, सगरमाथा, धरहरा, हात्ती गैडा, माछाको पोखरी, मायादेबीको मन्दिर समेत राखिएको कुरा औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए l जसले गर्दा धार्मिक सास्कृतिक तथा प्राकृतिक संरक्षणमा योगदान पुग्ने कुरा उनले जानकारी गराए l

दोश्रो सिमरा औधोगिक ब्यापार मेला तथा खेलकुद महोत्सब २०७५ मा करिब ३ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ५ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् ।

नेपालमानै सबै भन्दा ब्यबस्थित तथा ठुलो महोत्सब आयोजना गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ, कोषाधक्ष्यमा प्रितम मल्ल तथा सचिबालय ब्यबस्थापकमा बिनोद जैसवाल रहेको छन् । ।

प्रतिक्रिया