नमूना वडा बनाउँदै कामपा
इनेप्लिज
२०७५ मंसिर २६ गते १२:०२ मा प्रकाशित

पहिलो चरणमा कामपाको यी दुई वडाबाट शुरु गर्ने कार्य विस्तारै ३२ वटै वडामा पु¥याउने तयारी रहेको कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार डस्टबिन वितरण गर्दा प्रत्येक घरमा दुई वटा दिइने छ । कामपाको फोहर लिन जाने गाडीले पनि सोहीअनुरुप कुहिने र नकुहिने फोहर फरक फरक गाडीमा राखेर ल्याउनुपर्ने हुन्छ ।
फोहर राख्ने डस्टबिन किन्नका लागि महानगरले आधा रकम लगानी गर्ने छ भने बाँकी पैसा नागरिक आफैले बेहोर्न पर्ने कामपाले जानएको छ ।
घरमा उत्पादन भएको सबै फोहर एकै ठाउँमा राख्दा फोहर व्यवस्थापन गर्ने अन्तिम स्थान सिसडोलमा व्यवस्थापन गर्न समस्या भएकोले यहीँबाट फरक÷फरक लाने तयारी गरिएको हो ।
हाल दैनिक काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन र कामपाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निष्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
प्रतिक्रिया