फागुन १६ देखी २१ सम्म करापुटारमा मध्यनेपाल धार्मिक महोत्सव तथा धार्मिक मेला हुने


प्रल्हाद चन्द्र घिमिरे, मध्यनेपाल, २५ मङ्सिर । लमजुङको मध्यनेपाल नगरपालिका करापुटारमा रहेको सन्तानेश्वर महादेवको रुपमा परिचित ईशानेश्वर महादेव मन्दिर परिसरमा धार्मिक महोत्सब हुने भएको छ । आगामी फागुन १६ गते देखि २१ गते सम्म महोत्सबको आयोजना गरिएको मध्येनेपाल नगरपालिका का प्रमुख रमेश पाण्डेले जानकारी दिनुभयो ।
पश्चिम नेपालको पशुपतिको रुपमा परिचित इशानेश्वर महादेव मन्दिर परिसरमा महोत्सब आयोजना गरिएपनि मध्येनेपाल नगरपालिका भित्रका सबै धार्मिक क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि महोत्सब आयोजना गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।
मध्यनेपाल नगरपालिका भित्रका धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने, प्राकृतिक सम्पदा एंव होमस्टेको प्रवद्र्धन गरि पर्यटन विकासका साथै आर्थीक समृद्धिमा टेवा पुर्याउने, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ संचालन गर्ने, इशानेश्वर देखी नागभैरवसम्म केवुलकार संचालन गर्ने लगायतका उद्देश्यले धार्मिक महोत्सव संचालनको तयारी गरिएको नगरप्रमुख पाण्डेले बताउनुभयो ।
महोत्सवमा देशविदेशबाट आएका धार्मिक गुरुहरुबाट प्रवचन, श्रीमदभागवत महापुराण बाचन, सामुहिक एंव व्यक्तिगत रुद्री, पुजाआराधना, शिवलिंगमा गाईको दुध चढाउने, बेलपत्र चढाउने, भजनकृतन, ठाडोभाका प्रतियोगिता, सन्तान प्राप्तीका लागी ठाडो बत्ति बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै महोत्सवमा भलिवल, छेलो लगायतका विविध प्रतियोगीताहरु संचालन, प्रतियोगीतात्मक कृषी मेला, स्थानिय उत्पादनहरुको हात मेला, मादि नदिमा र्याफ्टिङ्, योग अभ्यास, गिता ज्ञान र पुर्विय दर्शनको व्याख्या लगायतका कार्यक्रमहरु समेत समावेश गरिने ।
“नेपालको मध्य भाग मध्यनेपाल जाऔँ पुण्य कमाऔँ” भन्ने नारामा साथ आयोजित उक्त महोत्सव सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव मार्फत ३ करोड आम्दानीको अपेक्षा गरिएको नगरप्रमुख पाण्डेले बताए ।
महोत्सवले पछिल्लो समय मानिसहरुमा ह्रास हुदै गएको मावनताको जागरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया