गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

इनेप्लिज २०७५ मंसिर २५ गते ११:५७ मा प्रकाशित

काठमाडौँ, मङ्सिर २५ गते । गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।

गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक अन्तत १२।३० बजे स्थगित गरिएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि पुग्नुभएको थियो तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उहाँ पनि बैठक कक्ष सिहंदरबारबाट निस्कनुभयो ।

आज बस्ने भनिएको बैठकमा भारतीय कम्पनी जीएम आरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स चिनियाँ कम्पनीलाई बिक्री गरिएका सम्बन्धमा सरकोकारवालबाट सत्यतथ्य सहितको विस्तृते जानकारी लिइने उल्लेख थियो ।

समितिका सभापति कृष्णप्रसाद दाहालले सदस्यहरू विभिन्न कामकाजका लागि जिल्ला बाहिर रहनुभएकाले बैठकमा अनुपस्थित भएकोे जानकारी दिनुभयो ।

प्रतिक्रिया