नक्कली कागजात पेश गर्ने पूर्वअसइविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

इनेप्लिज २०७५ मंसिर २३ गते १२:२७ मा प्रकाशित

काठमाडौँ, २३ मंसिर ।  पूर्वप्रहरी सहायक निरीक्षक (असइ) होमबहादुर खड्का क्षेत्रीविरुद्द विशेष अदालतमा मुद्दा दायर भएको छ ।

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेर छानबिन सुरु गरेको छ ।

क्षेत्रीले प्रहरीमा भर्ना हुँदा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेर छानबिन सुरु गरेको हो ।

उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको माध्यामिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेस गरी प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवासमेत भएका थिए।

क्षेत्रीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिन आएकोले विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियार सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

असइ क्षेत्री इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाबाट अवकास भएका थिए।

प्रतिक्रिया