अपांग वालवालिका तथा वृद्धाश्रमलाई सहयोग
आजकल युवाहरु सामाजिक कार्यमा संलग्न भएको निकै कम सुन्न पाईन्छ, तर कास्की पोखरा महानगरमा त्यहाँका ३ जना युवाहरुले वृद्धाश्रम तथा अपांगता भएका वालवालिका हरुलाई एक कन्सर्ट कार्यक्रम गरि आर्थिक सहयोग गरेका छन् ।
वडा दशैंको पुर्व सन्ध्यामा सेभेन मिडिया नेटवर्क प्रालिको आयोजनामा कालरात्रीको अवसर पारेर असोज ३१ गते पोखराको भण्डारढिकमा आयोजित कालरात्री दशैं कन्सर्ट कार्यक्रम मार्फत वचत रकम वाट सहयोग गरेका हुन्।
गत शनिबार आदर्श महोत्सवको स्टेज मार्फत बौद्धिक रुपमा अपांगता भएका वालवालिकाहरुको डे केयर सेन्टर संचालन गरिरहेको सुनौलो विहानी नेपाल संस्था पावरहाउस लाई नगद रु २५ हजार आर्थिक सहयोग गरेको छ। त्यस्तै लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई नगद रु १० हजार गरि ३५ हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक सचिन रानाभाटले वताए।
अपांगताको पनि जटिल अवस्था भनेको बौद्धिक अपांगता हो, जसलाई कुनै कुराको पनि ज्ञान हुँदैन । आफ्नै शरीरको कुनै अंग टोक्दा पनि उसलाई कुनै असर पर्दन। त्यस्ता वालवालिकाको संख्या ८ रहेको र सरकारी निकाय वाट खासै सहयोग नपुगेकोले आफै अगाडि सरेर सहयोग गरेको संचारकर्मि समेत रहेका रानाभाटले जनाए।
सुनौलो विहानी नेपालको तर्फ वाट अध्यक्ष मिलन केसि तथा राधाकृष्ण वृद्धाश्रमको तर्फ वाट उपाध्यक्ष शिव थापालाई ईलाका प्रशासन कार्यालयका प्रमुख चित्राङ्गत वराल तथा आयोजक सेभेन मिडिया नेटवर्कको तर्फ वाट संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको थियो।
कन्सर्ट जस्तो मनोरञ्जनात्मक कार्यक्रम मार्फत समाज सेवा गर्न पाउनु हाम्रो लागि गौरवको कुरा रहेको कार्यक्रमका निर्देशक राम बहादुर रानाभाटले वताएका छन् । उनले सम्पुर्ण सहयोगी दाता हरु प्रती आभार समेत व्यक्त गरेका थिए।
भण्डारढिक रंगशालामा सम्पन्न भएको कन्सर्ट कार्यक्रममा चर्चित नेपथ्य व्याण्ड लाई उसको २५ औं वर्षको उपलक्ष्यमा संगित मार्फत सम्मान गरिएको कार्यक्रम व्यवस्थापक विशाल सुनारले जानकारी दिए।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया