हङ्गकङ्गका व्यवसायीद्वारा चितवनका चेपाङलाई न्यानो कपडा

शिशिर सिंखडा २०७५ मंसिर १० गते १२:३० मा प्रकाशित

खोलेसिमल, चितवन, १० मंसिर ।

पूर्वी चितवनको रत्ननगर १५ माधवपुर स्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । कालिका नगरपालिका वडा नं. ६ घर भई हाल हङ्गकङ्गमा व्यवसाय गर्दै आएका आकाश बञ्जारा र हङ्गकङ्ग निवासी क्याथलिङको सहयोगमा सो विद्यालयमा अध्ययनरत ३० जना चेपाङ विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको हो । युवा समाजसेवी अमृत वस्तीको समन्वयमा भएको कार्यक्रममा प्रदेश सभा सांसद कञ्चन खनालले सो कपडा विद्यार्थीलाई हस्तान्तरण गरेकी थिइन् । सोही विद्यालयको छात्रावासमा विगत ६ वर्षदेखि ३० जना चेपाङ विद्यार्थीहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य भिम प्रसाद खनालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद कञ्चन खनाल, रत्ननगर वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने, जनएकता उपभोक्त सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने, विद्यालयका सल्लाहकार द्रोण प्रसाद लामिछाने, ओम प्रसाद लामिछाने, समितिका सदस्य गोकुल पन्त, युवा समाजसेवी अमृत वस्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए । हङ्गकङ्गमा व्यवसाय गर्दै आएका आकाश हेण्डिक्राफ्ट प्रा.लि. का संचालक आकाश बञ्जारा र क्याथलिङले यस अगाडि पनि विभिन्न सामाजिक क्षेत्रमा आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया