काँग्रेस बैठक आज

इनेप्लिज २०७५ मंसिर ९ गते ११:०३ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ९ गते । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ ।
पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार पारेको मस्यौदालाई बैठकमा प्रस्तुत गरिने छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधानको मस्यौदामाथि छलफल गर्न र आवश्यक परेमा अध्ययनका लागि केन्द्रीय सदस्यलाई केही दिन समय दिने बताउनुभयो ।

प्रतिक्रिया