मारुनी नाचबाट सङ्कलित रकम सामाजिक क्षेत्रमा
बेझाड, पाल्पा, मङ्सिर ८ गते । गाउँमा मारुनी नाच नाचेर सङ्कलित रकम फोक्सिङकोट पाल्पाका बासिन्दाले सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटको रानीवासमा हरेक वर्ष दशैँ, भाइटीका, हरिबोधनी एकादशी र मङ्सिरे पूजाको भोलिपल्ट मारुनी नाच नाच्ने गरिन्छ ।
उक्तबाट सङ्कलन भएको रकम गाउँमा सामुदायिक भवन तथा, मन्दिर निर्माणका साथै मारुनीको पोशाक, पुस्तक तथा मादल खरीद र नाच संरक्षणजस्ता क्षेत्रमा खर्च गर्ने गरिएको उक्त नाचका संयोजक नरबहादुर सिंजालीले बताउनुभयो । मारुनी नाचबाट यस वर्ष रु ५७ हजार ६६३ सङ्कलन भएको थियो ।
मगर वेषभूषा झल्किने पोशाक चोली, फरिया, पटुकी, कण्ठ, टिकिया लगाएर युवा मारुनी दुई समूहमा विभाजित भई पालैपालो भाका निकालेर गीत गाउने र तथा नृत्य गरिन्छ । डाँडी, झुमरी, ख्याली र मझौटे गीतका साथै माया प्रेम, ख्यालठट्टाका प्रसङ्ग, भगवान् राम र कृष्णका लीला र राजा महाराजाका विषय प्रसङ्ग उठाई नाच्ने र गाउने पनि गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको उक्त नाच यहाँका युवाले संरक्षण गर्दै आएकमा हुन् ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया