विदेशी चरा चितवनमा

इनेप्लिज २०७५ मंसिर ८ गते ६:१४ मा प्रकाशित

चितवन, मङ्सिर ८ गते । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् ।

सौराहास्थित बर्ड एजुकेशन सोसाइटी का पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको उहाँले बताउनुभयो ।

सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको बिडारीले बताउनुभयो ।

प्रतिक्रिया