मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड
काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक विकास र समृद्धिमा शिख समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा आज कुपण्डोलस्थित गुरुद्वारामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको सडक यातायातका क्षेत्रमा शिख समुदायले क्रान्ति ल्याएको छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “गुरु नानकले अघि सार्नुभएको विचारले समाजलाई सत्यमार्गतर्फ अघि बढाउन सकिन्छ, उहाँको आदर्शबाट प्रेम, स्नेह, आपसी भाइचारा कायम गर्न प्रेरणा मिल्छ ।”
नेपाल र अङ्ग्रेजविरुद्धको लडाइँमा समेत शिख धर्मावलम्बीको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।
नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले शिख धर्मका महत्वपूर्ण प्राचीन हस्तलिखित ग्रन्थ नेपालका विभिन्न गुरुद्धारा तथा राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उक्त गुरुद्वाराका संरक्षक प्रितम सिंहले गुरुद्वाराले विभिन्न धार्मिक गतिविधिका माध्यमबाट सामाजिक सेवा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया