शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:०६
वासिङटन डिसी 13:21

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

इनेप्लिज २०७५ मंसिर ६ गते ११:०६ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ६ गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ ।

विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयको परीक्षासँग सम्बन्धित विविध जानकारी कार्यालय समयभित्र त्रिविले उपलब्ध गराएको टेलिफोन नम्बर ४६७२६३२ र ४२८४१६७ बाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया