वामदेव यहाँ पनि असफल, दिक्क भए शुभेच्छुकहरू

इनेप्लिज २०७५ कार्तिक २८ गते ३:०० मा प्रकाशित

काठमाडौं, २८ कात्तिक । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् ।

रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी र सबैलाई चकित बनाउने दाबी गरेका छन् । गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन आतुर छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्यूठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।

अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफूलाई संसदमा जान रोकेको उनको गुनासो छ ।

प्रतिक्रिया