पर्थ अस्ट्रेलियामा ११०औं लक्ष्मी जयन्ती मनाइयो

इनेप्लिज २०७५ कार्तिक २७ गते १५:१८ मा प्रकाशित

 

गत सनिवार अन्तर्राष्ट्रिय साहित्य समाज पर्थ, नेपाली कम्युनिटी पश्चिम अस्ट्रेलिया तथा पर्थ नेपाली मन्दिरको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्ती तथा देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

संस्कृति र भाषाको जगेर्ना गर्दै महाकविलाई सम्झने क्रममा समुदायका अगुवाहरु, आमाबुवा तथा नानी बाबुहरुले देबकोटाको फोटोमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रममा नेपाली पाठशालाका प्रिन्सिपल आङ्दावा शेर्पाले नेपाली भाषा पाठशालाको बर्तमान अवस्था बारे जानकारी गराएका थिए । अनेसासका पर्थ च्याप्टर अध्यक्ष निरज क्षेत्री, नावाका अध्यक्ष डा. मणी पनेरु, मन्दिरका अध्यक्ष यादब शर्मा लगायतले साहित्य तथा सन्स्कृति बारे आ-आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे तथा चितवन गजल मन्चका सचिव बिनोद अनुज समेतको उपश्थिती रहेको थियो ।

कार्यक्रममा निरज क्षेत्री, गणेश घिमिरे, राजेश बुढाथोकी, डा. मणी पनेरु, आङ्दावा शेर्पा, मन्जु कोइराला, बिनोद अनुज, दिपक सुबेदी, केदार रिजाल, लगायत श्रजकहरुले एकदर्जन जती श्रीजनाहरु बाचन गरेका थिए भने गायक द्वय बिनोद दाहाल तथा डिल्ली पराजुलिले देबकोटालाई सम्झदै गीत प्रस्तुत गरेका थिए । बोल्ने क्रममा बक्ताहरुबाट देबकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका भएको थियो । कार्यक्रमको अन्त्यमा मन्दिरको तर्फबाट संयुक्त देउशी भैलो खेल्दै प्रवासमा पनि नेपाली सस्कृतिलाई जोगाउन दोश्रो पुस्तालाई अगाडि बढाउनु पर्नेमा जोड दिईएको थियो ।

 

कार्यक्रममा अनेसास की कोशाध्यक्ष मन्जु कोइरालाले उपश्थित सबैलाई स्वागत मन्तब्य मार्फत स्वागत गरेकी थिइन भने कार्यक्रम सन्चालन संस्थाकी सदस्य रिजा प्रधानले गरेकी थिइन । कार्यक्रममा संघसंस्थाका प्रतिनिधिहरु साथै बालबच्चा र नेपालबाट आउनुभएका बुवा आमाहरुको बाक्लो उपश्थिती रहेको थियो । साहित्यिक कार्यक्रम रिभरभेल कम्युनिटी सेन्टरमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया