युवा व्यवसायी बञ्जारा समाजसेवामा, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनी हङ्गकङ्गमा अभियान चलाउदै आकाश
शिशिर सिंखडा
चितवन, १५ कार्तिक ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ मा स्थायी घर भएका ३१ वर्षीय आकाश बञ्जारा हाल हङ्गकङ्गमा बस्दछन् । विगत ४ वर्षदेखि हङ्गकङ्ग बस्दै आएका उनी नेपालका हरेक घटना, गतिविधिको चासो दिइ रहन्छन् । विपद्मा परेकाहरुलाई सहारा बन्दै आएका आकाशले बुधबारबाट माधवपुरमा संचालित धनधान्याञ्चल महायज्ञमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापनार्थ रु १ लाख ११ हजार १ सय ११ उपलब्ध गराएका हुन् ।
बुबा गोविन्द बञ्जारा मार्फत् उनले सो रकम विद्यालयमा उपलब्ध गराएका थिए । आफैले पढेको स्कुलमा सहयोग गर्न पाउँदा खुशी लागेको टेलिफोनबाट उनले प्रतिक्रिया दिए । विपन्न वस्तीमा रहेको सो विद्यालयको अक्षयकोषमा सबैले मिलेर रकम बढाउन सके त्यस क्षेत्रका विभिन्न बस्तीका धेरैजना विद्यार्थीहरुलाई राहत हुने थियो, उनले भने ।
पूर्वी चितवनको रत्ननगर १५ माधवपुर स्थित आधारभूत विद्यालयमा संचालित महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् । सो महायज्ञ यही २० गतेसम्म जारी रहने छ । सो महायज्ञको उद्घाटनकै दिन उनले सो रकम उपलब्ध गराएका हुन् । आयोजकले आकाशका बुबा गोविन्द बञ्जारा, आमा रुकमिणी, श्रीमती तारा, छोरी आनवी र छोरा रिदमलाई हात्तीमा राखेर गाउँ समेत परिक्रमा गराएका थिए ।
यस अघि पनि आकाशले मंगलपुरको गामबेशी चेपाङ केन्द्रमा आश्रित विद्यार्थीहरुका लागि रु. २५ हजार र रत्ननगर २ का मुस्लिम बालबच्चाहरुका लागि ४५ हजार रुपैया खाद्यान्न किन्न सहयोग गरेका थिए । त्यस्तैगरी विन्ध्येश्वरी आधारभूत विद्यालय माधवपुरको सम्पूर्ण कक्षा कोठामा सिलिङ पंखा र सोही विद्यालयका चेपाङ विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा समेत उपलब्ध गराएका थिए । रत्ननगर १५ कै ब्लड क्यान्सर पिडित विद्यार्थी शिरिषा लामिछानेको उपचारको लागि रु. २० हजार, मृगौला पिडित काठमाडौ निवासी कर्ण मोक्तानलाई पनि उनले रु. १० हजार सहयोग गरेका थिए । उनले यसका अतिरिक्त विभिन्न क्षेत्रका बिरामी, असहाय एवम् विभिन्न संस्थाहरुलाई पनि सहयोग गरेका छन् । सर्लाहीका टुहुरा ४ जना विद्यार्थीहरु पढाउन उनले वार्षिक रुपमा आर्थिक सहयोग गरिरहेका छन् । उनले पठाएको आर्थिक सहयोगहरु रत्ननगर १५ का युवा समाजसेवी अमृत वस्तीले व्यवस्थापन गरिदिएका छन् ।
‘बुद्ध नेपालमा जन्मेका हुन’् भनी हङ्गकङ्गमा अभियान समेत चलाउँदै आएका युवा व्यवसायी बञ्जारा ह्याण्डिक्राफ्ट व्यवसायी हुन् । काठमाडौमा रहेको आकाश ह्याण्डिक्राफ्ट उनका बुबा गोविन्द, भाइहरु प्रकाश र विकाशले हेर्दै आएका छन् भने उनले भने हङ्गकङ्गमा बसेर सो व्यवसाय गर्दै आएका छन् । मध्यम परिवार जन्मिएका आकाशले आफूले आम्दानी गरेको रकमको ठूलो हिस्सा समाजसेवामा खर्च गर्दै आएको समेत बताए ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया