राष्ट्रपति बिध्या देवी भण्डारीको कतार भ्रमण सुरु मजदुर मुद्दामा सहयोग पुग्ने अपेक्षा !

इनेप्लिज २०७५ कार्तिक १२ गते २१:३५ मा प्रकाशित

राष्ट्रपति बिध्या देवी भण्डारीको कतार का लागि आज सोमबार बाट औपचारिक भ्रमण सुरु गर्नु भएको छ, भ्रमण बाट एक आपसमा मित्रता र कतार तथा नेपाल दुवै देश लाइ अनुकूल हुने गरि ब्यापार तथा लगानी प्रबर्धन गर्ने उदेश्य सहित दुइ देश बीच बार्ता हुने लक्ष्य लिएको छ !

कतारका राज्य प्रमुख शेख तमिम बिन हमद अल-थानी र नेपालका राष्ट्रपतिको मङ्गलबार भेटघाट तथा द्विपक्षीय सम्बन्धमा बार्ता हुने समय तय भएको छ। साधरण भेटमा कतार स्थित नेपाली मजदुरका समस्या, हालका अन्तर्राष्ट्रिय मुद्दाहरु र नेपालमा लगानी प्रबर्धन बिषय जस्तै नया ठाऊमा लगानी बृद्दी, उर्जा तथा ब्यापारमानै छलफल हुने बुजिएको छ !

कतार र नेपालको मैत्रीपुर्ण सम्बन्ध करीब ३ दशक भएको छ भने सन् १९८८ बाट नै राजनैतिक सम्बन्ध को सुरुवात भएको थियो ! हाल कतार तथा नेपालको प्रघाड मैत्रीपुर्ण सम्बन्ध छ ! कतारमा रहेको नेपाली दुताबाश को माध्यमबाट पारस्परिक सम्बन्ध र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको  बीच सौहार्दपूर्ण रुपले काम भई रहेको छ।

२०११ मा तत्कालिन नेपालका राष्ट्रपति डा राम बरण यादवले कतार भ्रमण गरेका थिए भने सो भन्दा पहिला २००५ मा नेपाल का विदेश मंत्री रमेश नाथ पाण्डे ले औपचारिक रुप मा कतार भ्रमण गर्नु भएको थियो ! साथै २००५ बाटनै कतार संग श्रम तथा रोजागार सम्बन्धि सम्झौतातामा हस्ताक्षर भएको थियो’ भने १९९७ देखि हाल सम्म कतार संग बिभिन्न सम्झौता तथा सहकार्यहरु हुदै आएका छन् ! उक्त सम्झौताहरुका माध्याम बाट नेपालले विभिन्न क्षेत्रहरु विशेष गरी कृषि, उद्योग र पर्यटन र त्यसको अर्थव्यवस्था विकासका लागि ठूलो प्रगति गरेको छ !

नोभेम्बर २०१५ मा कतार राष्ट्रिय मानव अधिकार समिति र नेपाल बीच एक सम्झौतामा हस्ताक्षर गरी दुई समितिका बीच सम्बन्ध स्थापित गर्ने र  मा सहयोग पुर्याउनका लागि बिभिन्न सूचना तथा द्विपक्षीय सम्पर्क आदान प्रदान, विशेष गरी श्रम अधिकार वा कतारमा कार्यरत नेपालीहरु ले भोग्नु पर्ने समस्या जस्तै कामदार नियुक्ति, रोजगारका अधिकार तथा अन्तर्राष्ट्रिय श्रमिक अधिकारका मुद्दाहरुमा मिलेर काम गार्ने निर्णय भएको थियो! हालै कतार फुटबल एसोसिएशन (QFA) ले नेपाल फुटबल एसोसिएशन (एन्फा) सँग पाँच वर्षको सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ! उक्त सम्झौताले नेपाल को अन्तर्राष्ट्रिय खेलकुद क्षेत्र को विकास गर्नमा मद्दत पुग्ने अपेक्षा गरिएको छ!

कतार र नेपाल बीचको व्यापार सम्बन्ध निरन्तररूपमा अघि बढ्दै गएको छ !कतारले नेपाल बाट कपडा तथा सब्जीजन्य बस्तुहरुको आयात गर्छ भने नेपालले कतारबाट केहि खाध्य उत्पादनहरू लगाएतका सामानको आयात गर्दछ। हाल कतार मा करीब ४५००० नेपाली नागरिकहरु छन् भने उनीहरु व्यापार , होटेल , निर्माण तथा सुरक्ष्य। क्षेत्रमा कार्यरत छन् साथै कतार स्थित नेपाली समुदायका प्रमुखहरु संग रास्टपतिको आगामी ३१ तारीख भेटघाट हुने ब्यबस्था नेपाली दुताबाश कतारले मिलाएको बुजिएको छ !

प्रतिक्रिया